एउटा चकलेटको मूल्य १० लाख : अचम्म लाग्न सक्छ तर यो वास्तविकता हो,

एजेन्सी : सुन्दा अचम्म लाग्न सक्छ तर यो वास्तविकता हो, संसारमा महँगो चिजवस्तु किन्न चाहनेका लागि पैसा खर्च गर्ने ठाउँको अभाव छैन भन्न सकिन्छ, किनकि दुनियाँमा एउटा यस्तो चकलेट उत्पादन भएको छ जसको मूल्य झन्डै १० लाख रुपैयाँ पर्छ ।

पोर्चुगलको ओबिडोसमा भएको चकलेट मेलामा दुनियाँकै सबैभन्दा महँगो चकलेट हालै प्रदर्शन गरिएको छ । उक्त चकलेटको मूल्य ७७ सय २८ युरो अर्थात् झन्डै १० लाख रुपैयाँ तोकिएको छ ।

आखिर खाएर सकिने एउटा मामुली चकलेटको मूल्य लाखौँ रुपैयाँ कसरी पर्नसक्दछ रु यसको कारण हो, यो चकलेटको खोल, जुन सुनबाट बनेको छ ।

चकलेटमा सुनको खोल छ । उक्त सुनको खोल खान मिल्ने सुन हो ।यो चकलेट जम्मा १ हजारवटा उत्पादन गरिएकोमा एउटा मात्र प्रदर्शनीमा राखिएको थियो ।

चकलेटमा स्याफ्रोनका रेसाको भरण रहेको छ भने मडागास्करको भ्यानिल्ला र गोल्ड फ्लेक पनि छ ।प्रदर्शनीमा यो चकलेटको सुरक्षार्थ दुईजना हतियारधारी गार्डहरू खटाइएको थियो ।

यो चकलेटको सिर्जना पोर्चुगिस चकलेट उत्पादक डानियल गोमेजले गरेका हुन् ।यो चकलेटले विश्वको सबैभन्दा महँगो चकलेटको रूपमा गनिजि बुकमा नाम लेखाउन पनि सफल भएको छ ।

यसअघि गत वर्ष डेनिस चकलेट निर्माता फ्रित्ज निप्सकिल्डिटले तयार गरेको अढाई सय डलर मूल्यको चकलेट विश्वको सबैभन्दा महँगो चकलेटको रूपमा रहेको थियो । त्यसलाई ५ हजार क्रिस्टलले सजाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *