मन्त्री लालबाबु पण्डितलाई कर्मचारी नेताको चुनौती ‘हुकुमी शैली भो, हेपेर बोल्न पाईन्न’

काठमाडौं, चैत १० । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीहरु खटाएको स्थानमा नगए कार्वाही गर्छु भनेर दिएको अभिब्यक्तिलाई कर्मचारी संगठनका नेताहरुले चुनौती दिएका छन् । आधिकारिक ट्रेड यूनियन तथा विभिन्न कर्मचारी संगठनहरुका नेताहरुले स्वेच्छिक अवकासको व्यवस्था कार्यान्वयन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आधिकारिक ट्रेड यूनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीहरुमाथि हुकुमी शैली देखाएको आरोप लगाए । उनले भने,‘पछिल्लो समयमा उहाँले जुन रुपमा कर्मचारीहरुमाथि प्रहार गर्नुभएको छ, यो हुकुमी शैली हो, हेपेर बोल्नुभएको छ, कर्मचारीहरु खटाईएको स्थानमा गईसकेका छन्, केही कर्मचारी बिरामी परेर, सुत्केरी भएर, अन्य समस्यामा परेर नगएका होलान्, तर खटाएको स्थानमा गएर काम गरिहरेका छन्, हाजिर लगाएका छन्, बरु काम गर्ने वातावरण छैन्, बस्ने कुर्सी छै्नन जस्ता यावत समस्याहरु हामीले सुन्नुपरेको छ ।’

त्यस्तै नेपाल निजामति कर्मचारी संगठनका बरिष्ठ उपाध्यक्ष लेखनाथ कोईरालाले स्वेच्छिक अवकासको व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।

उनले भने,‘संविधान र ऐनमा भएको व्यवस्थालाई भाषणमा बोलेर हुकुमी शैलीमा कर्मचारीलाई धम्की दिने काम भएकोछ, यो हाम्रो लागि स्विकार्य छैन्, जिम्मेवार व्यक्तिले कुन भाषा बोल्ने र कर्मचारीहलाई कसरी काम गर्ने वातावरण मिलाउने भन्ने कुराको बारेमा जानकार हुनुपर्छ, दानापानी बन्द गर्छु, मानसिक सन्तुलन गुमाएको जस्ता शब्दहरु मन्त्रीले फिर्ता लिनुपर्छ ।’

उनले अघि थपे,‘कर्मचारी समायोजन वैज्ञानिक रुपमा हुनुपर्छ, अपमानजनक रुपमा होईन, हामीले कहिल्यैपनि स्वेच्छिक अवकासको माग गरेका होईनौं, सरकारले २० वर्षमाथि मुलुकको सेवामा सर्मपित कर्मचारी र ५० वर्ष नाघेका कर्मचारीको हकमा लागू हुनेगरि यो व्यवस्था ऐनमा ल्याएको हो, जस्ताको त्यस्तै लागू हुनुपर्छ, यो नालापानीको युद्ध होईन, अंग्रेजहरुले पानीको मुहान सुकाएजस्तो कर्मचारीको तलव रोक्ने र काममा पठाउँछु भन्नु आँफैमा जायज छैन्, हाम्रो संगठन एमालेनिकट नै भएपनि सरकारको भाषा गैर–जिम्मेवारपूर्ण छ, सच्याउनुपर्छ ।’

त्यस्तै कार्यक्रममा नेपाल निजामति कर्मचारी यूनियन संघका अध्यक्ष गोपाल पोखरेलले सामान्य प्रशासनमन्त्रीले बोलेको भाषाले कर्मचारीमा निरासा छाएको गुनासो पोखेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका अध्यक्ष हरि रावलले सरकारले खटाएको स्थानमा कर्मचारी पुगेको जिकिर गरेका छन्। उनले भने,‘कर्मचारी खटाएको ठाउँमा जानु भएको छ, सरकारले लगाएको आरोप निराधार छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *