अतुलनिय बिशेषताहरु सहित एन आई सी एशिया बैंकले ल्यायो “प्रिमियम समुन्नति बचत खाता”

काठमाडौँ, चैत ७ । एन आई सी एशिया बैँकले ग्राहक वर्गको सर्वोपरी हितलाई ध्यानमा राख्दै अतुलनिय विशेषताहरु सहित “प्रिमियम समुन्नति बचत खाता” ल्याएको छ ।

यस खातामा मुलुकभरिका कुनै पनि बैँकको कुनै पनि बचतबाट जति पटक पैसा निकाले पनि कुनै शुल्क लाग्ने छैन भने सो खातामा निःशुल्क डेविट–क्रेडिट कार्ड, मोबाइल बैँकिङ सेवा, डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिनेछ ।

मासिक औसत रु १० लाख भन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर (Home Banking Service) सेवा प्रदान गरिनेछ । त्यस्तै सो खाता खोलि मोबाइल बैंकिङ सेवा लिए पछि NTC वा NCELL को रु १०० बराबरको रिचार्ज कार्ड TOP UP समेत निःशुल्क प्रदान गरिने छ । रु १००० न्यूनतम मौन्दातमा खोल्न सकिने सो खातामा बार्षिक ८ प्रतिशतका दरले मासिक ब्याज प्रदान गरिनेछ भने ग्राहकहरुलाई रु ५ लाख सम्मको दुर्घटना बीमा सुविधा समेत निशुल्क प्रदान गरिनेछ । साथै, यस खातामा निशुल्क Good For Payment चेक जारी गर्न सकिने सुविधा छ र Balance Certificate जारी गर्दा कुनै पनि शुल्क लाग्ने छैन । यस प्रिमियम समुन्नति बचत खाता सिमीत अबधी सम्म मात्र संञ्चालनमा रहने छ ।

साथै, बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर गरी १८४ शाखा सहित निजी क्षेत्रको सवैभन्दा बढि शाखा सञ्जाल भएको बैंक बन्न सफल यस बैंक १८७ एटिएम सहित मुलुककै सबैभन्दा बढि एटिएम सञ्जाल भएको बैंक समेत बन्न सफल भएको छ । समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्षएवं अप्रत्यक्ष समेत गरी) सहित ५,३७८ भन्दा बढि भौतिक सञ्जाल मार्फत बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भैसकेको छ । साथै, बैंकको सेवाग्राहीहरुको संख्या १० लाख भन्दा बढि पुगी यस बैंक हाल ग्राहक संख्याको हिसाबले समेत मुलुककै अग्रणी वाणिज्य बैंक बन्न सफल भैसकेको छ । त्यसैगरी वित्तीय परिसुचकांकका हिसाबले समेत यस बैंक नेपालकै उत्कृष्ट बैंकहरु मध्येमा अग्रणी स्थान बनाउन सफल भैसकेको छ । बैंकको वासलातको आकार रु १४८ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु १०४ अर्ब र कुल निक्षेप करिब रु १२४ अर्ब पुगीसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *