इन्जिनियर्स एशोसिएशनको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा

काठमाडौं, चैत ७ । नेपाल इन्जिनियर्स एशोसिएशनको १५ औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा हुँदै छ । सम्मेलनमा विज्ञान प्राविधिक तथा पूर्वाधार विकासका क्षेत्रमा स्वदेश तथा विदेशमा रहेका इन्जिनियरले गरेका अध्ययन तथा अनुसन्धानका आधारमा ४५ वटा कार्यपत्र प्रस्तुत गरिने एशोसिएशनका अध्यक्ष हरेराम श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा मुलुकको विकासका जल्दाबल्दा समस्या र तिनका समाधानका सम्बन्धमा विभिन्न विषयगत कार्यपत्र प्रस्तुत गरिने छ । प्रत्येक दुई वर्षमा गरिने सम्मेलनमा यसपटक राष्ट्रको पूर्वाधार विकास तथा समृद्धिलाई प्राथमिकतामा राएिको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा जीवराज पोखरेलले मुलुकको संरचनाअनुसार अब प्राविधिक जनशक्तिलाई पूर्वाधार विकासका साथै जनताको जीवनस्तरको सुधारमा उपयोग गर्ने विषयमा छलफल गरिने बताउनुभयो । सम्मेलमा देश तथा विदेशबाट गरी करिब एक हजार इन्जिनियरहरु सहभागी हुने छन् ।

सम्मेलन ९ गते सम्म चल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *