राष्ट्रपतिलाई सपथ खुवाउन गएका प्रधानन्यायाधीश पदबाट बर्खास्त

काठमाडौं, फागुन ३० । न्याय परिषद्ले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई बर्खास्त गरेको छ । न्याय परिषद् सचिवालयले प्रधानन्याधीसकै नाममा पत्र काटेर उनलाई नै थमाएको छ ।

यस बारेमा सचिवालयले राष्ट्रपतिको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, प्रधानमन्त्रीक तथा मन्त्रिपरिषद्को कार्यालय, सर्वोच्च अदालत, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय लगायतलाई पनि जानकारी गराएको छ ।

उक्त पत्रमा सचिवालयका सचिव नृपध्वज निरौलले हस्ताक्षर गरी पराजुलीलाई बुझाएको हो ।

आजै नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष पद तथा गोपनीयताको सपथ लिएकी छन् । पदमुक्त भइसकेको भनिएको ब्यक्तिबाट राष्ट्रपति भण्डारीले लिएको सपथलाई वैधानिकता मान्ने वा नमान्ने भन्ने गम्भीर संवैधानिक प्रश्न उब्जिएको छ ।

राष्ट्रपतिले सपथ लिनुअघि भएको पत्र न्यायपरिषद सचिवालयले सार्वजनिक गरिसकेको थियो । न्यायपरिषदको पत्रमा पराजुली उमेर हदका कारण गत साउन २१ गतेदेखि नै प्रधानन्यायाधीश पदमा नरहेको स्पष्ट पारिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *