रजनिकान्तसँग फिल्म खेलेकाे कुकुरकाे रकम २ कराेड !

फागुन २९, काठमाडाैं । फिल्मी जगतका सेलीब्रेटीका लागि उनका प्रशंसकहरुको प्रेम त तपाईं हामीले देखेकै छौं । तर केही सेलीब्रेटी यस्ता पनि हुन्छन् जसले छोएको चीज पनि उनीहरुका फ्यानका लागि निकै महत्वपूर्ण हुन्छ ।

यस्ता सेलीब्रेटीमध्ये एक हुन् दक्षिण भारतका चर्चित अभिनेता रजनीकान्त । रजनीकान्तको अपकमिङ्ग फिल्म ‘काला’ को पोस्टरमा उनीसँग एक कुकुर देखिएको थियो । सुन्दा अचम्म लाग्दा कि रजनीकान्तसँग पोस्टरमा देखिएको उक्त कुकुर किन्न रजनीकान्तका फ्यानहरु २ करोड भारतीय रुपैयाँ तिर्न तयार भएका छन् ।

भारतीय अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारका अनुसार उक्त कुकुरको नाम मणि हो । कुकुरहरुलाई तालिम दिने एक प्रोफेसन डग ट्रेनर समेत रहेका उक्त कुकुरका मालिक सिमोनका अनुसार उक्त कुकुर किन्न भारत मात्रै नभएर मलेसियादेखि प्रस्ताव आएका छन् ।

केही व्यक्तिले उक्त कुकुरका लागि आफू १ देखि २ करोड भारतीय रुपैयाँ तिर्न तयार रहेको पनि बताएका छन् । उक्त कुकुर किन्नका लागि मानिसहरुमा होडबाजी चल्नुको कारण हो, उसले रजनीकान्तसँग काम गरेको हो । तर कुकुरका मालिक सिमोनले कुकुर नबेच्ने बताएका छन् ।

‘हामी उसलाई आफ्नो परिवारको सदस्य जस्तै मान्छौं,’ सिमोन भन्छन्, ‘कोही मान्छे आफ्नो परिवारको सदस्यलाई कसरी बेच्न सक्छ ?’ यतिमात्र हैन, उक्त कुकुर (मणि) लाई अभिनेता रजनीकान्त पनि असाध्यै मन पराउँदा रहेछन् । ‘रजनी सर उसलाई दैनिक एक प्याकेट बिस्कूट खुवाउनुहुन्थ्यो,’ सिमोन भन्छन्, ‘फिल्म सूटिङका लागि तालिम दिने क्रममा मणि र रजनी सरबीच राम्रो सम्बन्ध रह्यो ।’

रजनीकान्तको ‘काली’ तमिल भाषाको फिल्म हो । जसमा बलिउड अभिनेत्री हुमा कुरेशी पनि देखिनेछिन् । यो फिल्म यही वर्षको २७ अप्रिलमा रिलिज हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *