विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो

काठमाडौं, फागुन २९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको यूएस बंगला विमानको दुर्घट्नामा परी मर्नेको संख्या ५१ पुगेको छ ।गृहमन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

मृत्यु हुनेमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक छन्। दुर्घटनामा घाइते अन्य १९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए ।

सोमबार रातिसम्म ४९ जनाको ज्यान गएको थियो। मंगलबार उपचार गराई रहेका थप दुई जनाको मृत्यु भएपछि मर्नेको संख्या ५१ पुगेको हो।

यस्तो छ गृहमन्त्रालयले जारी गरेको विज्ञप्ति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *