विमान दुर्घटनामा बरिष्ठ न्युरो सर्जन डा. थापाको मृत्यु

सोमबार काठमाडौंमा भएको युएस बंगला विमान दुर्घटनामा चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बरिष्ठ न्यूरो सर्जन डा. बालकृष्ण थापाको पनि मृत्यु भएको छ । डा. थापाले बंगलादेशको ढाकास्थित बंगबन्धु शेख मुजिव चिकित्सा विश्वविद्यालयबाट न्युरो सर्जरीमा एमडी गरेका थिए ।तस्विर : सुमन घिमिरेको फेसबुकबाट

सोही विमान दुर्घटनामा मृत्यु भएका ४९ मध्ये २२ जना नेपाली परेका छन् । दुर्घटनामा बंगलादेशबाट एमबिबिएसको अध्ययन पुरा गरेर घर फर्केका ११ नेपाली विद्यार्थीको पनि मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । उनीहरु राजीव रबेया मेडिकल कलेज सिलहटमा अध्ययनरत थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *