बाजुरामा रुखबाट खसेर एकको मृत्यु

बाजुरा, फागुन २८ । बडीमालिका नगरपालिका–७ जिल्लीको पोखरामा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका ५० वर्षीया देवी खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहान गाईभैँसीका लागि डालेघाँस काट्न गएका खत्रीको रुखबाट खसेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताएका छन् । मृतक खत्रीको शव परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालय ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *