पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाही भएको आरोप

पोखरा, फागुन २७ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरीको उपचारका क्रममा ज्यान गएपछि तनाव सिर्जना भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका ३२ निर्मलपोखरीकी धनमाया पोख्रेलको आईतबार विहान ६ बजे ज्यान गएपछि आफन्तहरु अस्पतालको लापरवाहीले सुत्केरीको ज्यान गएको आरोप लगाउदै शव बुझ्न नमानेपछि तनाव सिर्जना भएको हो । अस्पतालले भने यस घट्नाका सम्बन्धमा पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ ।

चिकित्सकको लापरबाहीलेनै धनमायाको मृत्यु भएको मृतकका दाजु रमेश पोख्रेलले बताए । उनको शुक्रबार देखि अस्पतालमा उपचार चलिरहेको थियो । ब्यथा लागेपछि धनमायालाई उपचारका लागि अस्पताल ल्याइएको थियो।

शनिवार नर्मल डेलिभरी भयो, रमेशले भने–डाक्टरले नर्मल छ भनेपछि हामी ढुक्क थियौं। उनको अवस्था नराम्रो भएको डाक्टरले बताएन्। अहिले एक्कासी अपरेशन गरेर मृतक घोषणा गरियो ।’ उनका अनुसार २ पटक सम्म अपरेशन गरिएको छ । अधिक रक्तश्राव भएर मृत्यु भएको अस्पतालले जनाएको छ ।

डाक्टरहरुको लापरबाहीले नै उनको मृत्यु भएको दाजु रमेशले गुनासो गरेका छन् । ३२ बर्षिय पोखरेलको अघिल्लो जेठमा बिवाह भएको थियो । बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *