बसले किच्दा महिलाको मृत्यु

सुर्खेत, फागुन २७ । जुम्लाबाट काठमाडौँ जाँदै गरेको ना४ख ७२४३ नं को बसले किच्दा आज एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा जुम्ला, तातोपानी गाउँपालिका– २ सुन्दरगाउँकी २७ वर्षीया माया सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिए ।

जुम्लाको जर्मी र लिताकोट गाउँबीचको सडकमा उक्त घटना घटेको हो । प्रहरीले कैलालीको टीकापुर– ६ घर भएका बस चालक देव विसीलाई पक्राउ गरेको छ । सार्कीको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *