संविधान संशोधन विद्येयक अगाडि बढ्ने प्रचण्डको भनाइ

काठमाडौं, असार २६। पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विद्येयक अगाडि बढ्ने बताउनु भएको छ ।

आज माओवादी केन्द्र संसदीय बोर्डको बैठकमा बोल्दै प्रचण्डले विद्येयक अगाडि बढ्ने बताउनु भएको हो । संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा प्रचण्डले संविधानको दायरा फराकिलो पार्ने र राष्ट्रिय एकता सुदृढ गर्ने आफूहरुको उद्धेश्य रहेको बताउनुभयो ।

संशोधन विद्येयकलाई निर्णयार्थ पेश गरेर राजपा लगायतका असन्तुष्ट दललाई पनि निर्वाचनमा ल्याउनुको बिकल्प नभएकोमा जोड दिदै जिम्मेवारपूर्ण भूमिका खेल्न नसकेको अवस्थामा असन्तुष्टीमा खेल्ने तत्वले फाइदा उठाउन सक्ने उहाँले उल्लेख गर्नुभयो । बैठकमा अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको रिक्त सभापतिको उम्मेदवारी र अन्य समितिमा रिक्त सदस्यहरुको पदपूर्तिका विषयमा पनि छलफल भएको थियो ।

श्रम समितिको सभापतिको उम्मेदवारी र समितिका सदस्यहरुको पदपूर्तिका लागि बैठकले आफ्नो सुझाव दिएको र त्यसबारे अन्तिम निर्णय पार्टी हेर्डक्वार्टर बैठकले गर्ने माओवादी केन्द्र संसदीय दलका प्रमूख सचेतक टेकबहादुर बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *