एमाले स्थायी कमिटीको बैठक आज बस्दै

काठमाडौं, फागुन २२ । राष्ट्रपतिको उम्मेदवार चयनलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक मंगलबार दिउँसो बस्ने भएको छ ।

निर्वाचन आयोगले फागुन २९ गतेका लागि राष्ट्रपतिको चुनावको मिति तय गरेकाले सो बारेमा छलफल गर्न मंगलबार दिउँसो ४ बजे बैठक बस्न लागेको पार्टीका सचिव गोकर्णराज विष्टले जानकारी दिनुभयो । वाम गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपतिमा साझा उम्मेदवार तय गर्नेछन् ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने या नयाँ उम्मेदवार खोजी गर्ने भन्नेमा एमालेले ठोस निर्णय गर्ने बुझिएको छ । बैठकमा नेकपा (माओवादी केन्द्र) सँगको एकता प्रक्रिया, सरकार विस्तारलगायत विषयमा पनि छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *