झापा गोल्डकप फुटबलको तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौं, फागुन १९ ।  झापा गोल्डकप फुटबलको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा शनिबार झापा ११ र सुदूरपश्चिम ११ खेल्दैछन् । खेल झापा बिर्तामोडको डोमालाल रंगशालामा दिउँसो ३ बजेपछि हुनेछ । प्रतियोगितामा आयोजक झापा, रुपन्देही, मनाङ–मस्र्यांदी, थ्री स्टार, हिमालयन शेर्पा, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ, सुदूरपश्चिम र भारतको सिक्किम युनाइटेडले प्रतिस्पर्धा गर्ने छन् ।

प्रत्येक खेलका म्यान अफ द म्याचले २५ हजार रुपैयाँ पाउनेछन् । विजेताले यसपटक १२ लाख ५१ हजार रुपैयाँ नगद पाउने छन् । उप–विजेताले ६ लाख रुपैयाँ पाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *