आज मध्य र पश्चिम तराईका भु–भागमा पानी पर्ने

काठमाडौं, असार २६ – आज मध्य र पश्चिम तराईका भु–भागमा भारी वर्षात् हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् शान्ती कडेलले साँझ पख पश्चिमी क्षेत्रमा पूर्वि क्षेत्रमा समेत भारी वर्षात् हुन सक्ने बताउनुभयो । अहिले पनि देशका अधिकांश स्थानमा पानी परिरहेको छ । वर्षात्का कारण बाढी पहिरोको उच्च जोखिम रहेको बताउँदै कँडेलले सतर्क रहन आग्रह गर्नुभएको छ ।

साथै उहाँले नदी तटिय क्षेत्रका नागरिकले अझ बढि सतर्क हुनु पर्ने समेत बताउनुभयो । अझै केहि दिन भारी वर्षको सम्भावना रहेको मौसम् पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *