राप्रपाः बजेटका पक्षमा मतदान गर्छौँ

“काठमाडौँ, २५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको नीति तथा बजेटका पक्षमा मतदान गर्ने भएको छ ।
पार्टीका अध्यक्ष कमल थापाको सभापतित्वमा आज बसेको संसदीय दलको बैठकले यही असार २९ गते व्यवस्थापिका–संसद्मा सो विषयमा हुने मतदान प्रक्रियामा पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग संविधान संशोधनका विषयमा शनिबार भएको छलफलबारे पनि बैठकमा अध्यक्ष थापाले जानकारी दिनुभएको पार्टीका प्रमुख सचेतक कुन्तीकुमारी शाहीले बताइन् ।  सरकारमा उचित स्थान पाए मात्र सहभागी हुनुपर्ने सुझाव पनि अधिकांश सदस्यले दिएका छन् । रासस”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *