धरानमा ग्यास विस्फोट

धरान, फागुन ११ । धरान उपमहानगरपालिका १८ स्थित घोपा क्याम्प अगाडि आन्टी होटेलमा आज बिहान आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।

डम्बरबहादुर लिम्बुको घरमा होटेल सञ्चालन गर्दै आएका शान्त मगरको होटेलमा रहेको खाना पकाउने एलपी ग्यास सिलिन्डर विस्फोट आगलागी भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।

उक्त आगलागीमा परी अमृता लिम्बूु घाइते भएको र उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको पनि उनले जानकारी दिए । आगो निभाउने क्रममा उनको बायाँ हात जलेको छ भने
छिमेकी टेकबहादुर सुन्दासको घरमा पनि नोक्सानी भएको थियो ।

वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागीे नियन्त्रणमा लिएको थियो । आगलागी हुँदा तीन थान ग्यास सिलिन्डर विस्फोट हुनपुगेको पनि प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *