टिकापुरमा एकै राती चार ठाउँमा चोरी


विष्णु जोशी, कैलाली । कैलालीको टिकापुर बजारमा बिहीबार राती ४ स्थानमा चोरी भएको छ । टीकापुरको जानकी ट्रेड एण्ड सप्लार्यस, न्यु प्रदिप जनरल स्टोर, त्रिशक्ति इन्टरप्राइजेज र वर्दादेवी सुट एण्ड साडी क्लेक्सनमा चोरी भएको हो ।
जानकी ट्रेड एण्ड सप्लार्यसबाट दुई लाख ४९ हजार नगद, वर्दादेवीबाट ९५ हजार नगद सहित केहि सामान, न्यु प्रदिपबाट २६ हजार नगद र त्रिशक्तिबाट ३५ हजार बराबरको चोरी भएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।
यामाहा मोटरसाइकलको शोरुम रहेको जानकी ट्रेड एण्ड सप्लार्यसको सटर, लगायत अन्यगरी ८ ठाउँको ताला तोडेर चोरी भएको सञ्चालक अनिल रावलले बताए । नगरपालिकाको भवनमा रहेको पसलको सटरको ताला तोडेर चोरी भएको वर्दादेवीका सञ्चालनक वृख बहादुर खड्काले बताए ।
प्रदिप जनरल स्टोरको ग्यालरीको २ वटा काठको ढोका हुदै र्याक फोडेर गल्लाको पैसा चोरी भएको प्रदिप कुमार खड्काले जानकारी दिए । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी सुदिप पाठकले एकै दिनमा धेरै स्थानमा चोरी हुनु सानो तिनो योजना नभएको जिकिर गरे । उनले चोरीमा कुनै व्यक्ति मात्र नभई समुह नै संलग्न हुने सक्ने भन्दै अनुसन्धान भैरहेको जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *