‘कोक खाम रसिया जाम’ अफर सुरु

काठमाडौँ, फागुन ८ । कोकाकोला नेपालले आफ्ना उपभोक्तामध्ये ४० भाग्यमानी विजेतालाई रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ ।

कोकाकोला नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘कोक खाम रसिया जाम’ भन्ने अफरअन्तर्गत भाग्यशाली उपभोक्तालाई सम्पूर्ण खर्चसहित विश्वकप हेर्न लैजाने आयोजकका देशीय निर्देशक अम्बुज सिंहले बताए ।

सन् १९७८ देखिनै कोकाकोला फिफाको आधिकारिक प्रायोजक रहँदै आएको र त्यस बेलादेखि नै हरेक खेलमा कोकाकोला सँगै रहेको सिंहले जानकारी दिए । यसपटक चालिसौँ वर्षको पनि आधिकारिक प्रायोजक रहेको कोकाकोलाले यस वर्ष नेपालमा सबैभन्दा ठूलो अभियान ल्याएको कोकाकोलाले जनाएको छ ।

यस योजनामा कोकको पछाडि १० अंकको युनिक कोड राखिएको हुन्छ, जसलाई ३७७२२ मा एसएमएसमार्फत पठाएर आफ्नो विश्वकप हेर्ने सपना पूरा गर्न सक्नेछन् । फिफासँग विगत ४० वर्षदेखि सहकार्य गर्दै आएको बताउँदै उक्त अफरअन्तर्गत १२ हजार ६०० विजेताले फिफाको लोगो अंकित विभिन्न प्रकारका उपहार जित्न सक्ने कुरा पनि उनले बताए ।

बोर्टलर्स नेपालका प्रबन्ध निर्देशक पुनित वाश्र्नेका अनुसार ‘कोक खाम रसिया जाम’ भन्ने क्याम्पेन फेब्रुअरी १५ देखि अप्रिल १५ सम्म लागू हुने र यसमा १८ वर्ष पूरा भएका नेपाली नागरिकले मात्र भाग लिन पाउने छन् । उक्त अफर कोक, फेन्टा, ओरेन्ज फेन्टा, लेमोन तथा स्प्राइटमा लागू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *