बन्दको अवज्ञा गरेको भन्दै दुईवटा ट्रकमा आगजनी

“विराटनगर, फागुन ८ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले विराटनगरमा दुईवटा मालबाहक ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट दुईवटै ट्रक ध्वस्त भएका छन् ।

मंगलबार बिहानै नेकपाका कार्यकर्ताले मोरङको विराटनगरस्थित सलकपुर र ढाटमा माल बाहक ट्रकमाथि कारबाही स्वरुप आगजनी गरिएको बताएका छन् । नेकपाले आफ्ना नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिट ब्युरो सदस्य पदमबहादुर राई‘विकास’लगायतलाई आइतबार प्रहरीले युवाको सम्मेलनस्थलबाट बिनाकारण गिरफ्तार गरेको भन्दै आज नेपाल बन्द आयोजना गरेको छ ।

 

सवारी साधानमा ढुंगा हानेको आरोपमा विप्लवका ४ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्दकर्ताहरुले बिहानैदेखि इटहरीको हल्गाडा रोडमा टायर बालेर आवत जावत अवरुद्ध गरेको समाचार छ ।

यस्तै, बन्दकै क्रममा बिहानै पाल्पा सदरमुकाममा शक्तिशाली बम विष्फोट भएको बताइएको छ । यस्तै काठमाडौँको आरएनएसी अगाडी प्रेसर कुकर बम रहेको बताइएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *