अनुकरणीय हुनसक्न चीनको हरित शहर

चिनको धेरै शहरहरुको फोटोमा तपाईले धेरै हरियो देख्न पाउनुहुन्न । तर लिउझोउ फरेस्ट शहर एउटा यस्तो शहर हो जहाँ तपाई स्वच्छ हावा र प्रकृतिको अनुपम आनन्द उठाउन सक्नुहुन्छ ।
यो शहर विश्व कै पहिलो फरेस्ट सिटी हो । शहरमा करिब तीस हजार मानिसहरु बस्छन् । शहरका प्रत्येक भवन तथा घरहरुमा रुखहरु रोपिएको छ । र विरुवाहरुले घरलाई घेरेका छन् । करिब ४० हजार रुख र १० लाख विरुवाहरु रोपिएको छ । चिनको धेरै शहरहरुको फोटोमा तपाईले धेरै हरियो देख्न पाउनुहुन्न । तर लिउझोउ फरेस्ट शहर एउटा यस्तो शहर हो जहाँ तपाई स्वच्छ हावा र प्रकृतिको अनुपम आनन्द उठाउन सक्नुहुन्छ ।


यो शहर विश्व कै पहिलो फरेस्ट सिटी हो । शहरमा करिब तीस हजार मानिसहरु बस्छन् । शहरका प्रत्येक भवन तथा घरहरुमा रुखहरु रोपिएको छ । र विरुवाहरुले घरलाई घेरेका छन् । करिब ४० हजार रुख र १० लाख विरुवाहरु रोपिएको छ । यो जंगल शहरको अवधारणाले नयाँ २१ औं शताब्दिको शहरको रुपमा रहेको छ । जहाँ द्रुत गतीका रेल र सडकहरु छन् । र शहर प्राकृतिक रुपमा वातानुलित छ । र सबै घरधनीले सौर्य उर्जाको उपयोग गर्छन् ।

शहरी जंगलको अवधारणामा धेरै शहरहरु उत्साहित र आकर्षित भइरहेका छन् । चिनमा नै बोइरीको टिमले नान्झिगमा काम गरिरहेको छ ।
शहरका भवन तथा घरहरु नै जंगल बनाउने यो अवधारणाले शहरमा हुने आप्रवासनको समस्याबाट सिर्जना हुने विभिन्न समस्याहरुलाई कम गर्न सकिने कुरामा शहर व्यवस्थापनका विशेषज्ञहरु बताउँछन् ।
अहिले जनसंख्याको करिब ५० प्रतिशत भन्दा बढि मानिसहरु शहरम ाबस्ने गर्दछन् । र यो संख्या प्रतिबर्ष २ प्रतिशतको दरले बढिरहेको छ ।
भर्खरै निर्वाचित जनप्रतिनिधिहरुबाट हरित शहरको भाषण खुबै सुनिएको छ । मानिसहरुलाई बस्न अनुकुल बनाउने यो अवधारणा नेपालगन्ज, काठमाडौं जस्ता शहरहरुका लागि अनुकरणिय हुन सक्ला ? यो प्रश्नको सकारात्मक जवाफको खोजीमा छौं हामी ।
फोटो:  स्टेफानो बोइरी आर्चिटेट्टी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *