जब आँखै अगाडि हात्तीले दुई जनालाई मार्‍यो

फागुन २, राजविराज । हात्तीको आक्रमणमा परी सप्तरीमा मंगलबार दुई महिलाको मृत्यु भएको छ। कोसी टप्पु वन्यजन्तु आरक्षको हात्तीको आक्रमणमा परी दुई महिलाको मृत्यू भएको हो । दाउरा लिन आरक्ष क्षेत्रभित्र जाँदै गर्दा हात्तीको आक्रमणमा परी उनीहरुको मृत्यु भएको बताईएको छ ।

कञ्चनपुर नगरपालिका ५ पथरी टोलका नारायण साहकी ३५ वर्षीया श्रीमति मञ्जुदेवी र टिर्हा मुखियाकी ४५ वर्षिया श्रीमति दुर्गीदेवीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। उनीहरुसँगै रहेकी २२ वर्षिया बुधनीदेवी सरदारले भने भागेर ज्यान बचाएकी छन्। मध्याह्न १२ बजे दाउरा खोज्दै आरक्षको बाँधमा पुग्नासाथ उनीहरुलाई हात्तीले लखेटेको थियो।

भाग्ने क्रममा आफू बाँचे पनि अन्य दुई जनाको मृत्यु भएको सरदारले बताइन्। मृतक दुवैको शव पोस्टमार्टमका लागि राजविराजस्थित सरगरमाथा अञ्चल अस्पतालमा पठाईएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक डिल्ली चौहानले बताए।

सप्तरीमा हात्ती लगायतका जंगली जनावरको आक्रमणमा परी यसअघि कञ्चनपुर नगरपालिका–१० बदगामाकी ७० वर्षीया फूलवादेवी यादव, हनुमाननगर सञ्जय साफी र रोशनकुमार झा, भारदहका रघुनाथ खंग, बैरवाका अल्लाउद्दिन खाँ, कमलपुरकी संगीता यादव, कञ्चनरुप नगरपालिका–१० का सत्यनारायण यादवकी १३ वर्षीया छोरी सङ्गीता यादव लगायतको मृत्यु भइसकेको छ।

कोशी टप्पु बन्यजन्तु आरक्षले जंगली जनावरबाट स्थानीयलाई सुरक्षित गराउन अहिलेसम्म कुनै उपाय अवलम्बन गरेकाे छैन। भने, स्थानिय पनि अारक्षकाे नियम विपरित प्रवेश गर्दा जंगली जनावरकाे अाक्रमणमा पर्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fifteen =