कृष्णपुर नगरपालिकामा एमाले

भीमदत्तनगर, २१ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा कर्णबहादुर हमाल छ हहजार ७०६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हेमराज ओझाले हेमराज ओझाले पाँच हजार ७६० मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमालेकी रमिता राना सात हजार १८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी भुवनेश्वरी जोशीले पाँच हजार ९२८ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र) का तर्फबाट प्रमुखमा जोगराम चौधरीले पाँच हजार ७५४ तथा र उपप्रमुखमा शर्मिला थापाले पाँच हजार ४०३ मत प्राप्त गर्नुभयो । कृष्णपुर नगरपालिकामा कुल २१ हजार ८९४ मत खसेको थियो । नौवटा तह रहेको कञ्चनपुरमा भीमदत्तनगरपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकाको मतपरिणाम आउन बाँकी छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *