विराटनगरमा काँग्रेसको अग्रता कायमै

विराटनगर, २१ असार । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै रहेको छ । महानगरपालिकाको प्रमुखमा भीम पराजुलीले १० हजार ३२० मत, नेकपा(एमाले) का विनोद ढकालले सात हजार ४५१ तथा सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले पाँच हजार ७१५ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा काँग्रेसकी इन्दिरा कार्कीले आठ हजार ६७४ मत, नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले चार हजार ५०५ तथा नेकपा (माओवादी केन्द्र)की का नमिता न्यौपानेले चार हजार ४८१ मत प्राप्त गर्नुभएको छ ।

विराटनगर महानगरपालिकाको १९ वटा वडामध्ये १, २, ३, ४, १६, १७, १८ र १९ गरी आठवटा वडाको मतगणना सम्पन्न भएको छ । अहिले वडा नं ५ र १५ को मतगणना भइरहेको छ ।


विराटनगर– १९ मा स्वतन्त्र समूह विजयी 

विराटनगर महानगरपालिकाको वडा नं १९ बाट वडाध्यक्षलगायत सबै सदस्य पदमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार बद्रीनारायण सरदार ६४२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवारले ६२१ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यमा जीतेन्द्र खवास, नागेश्वर राजवंशी, सम्झना भुजेल र दलित महिला सदस्यमा वीना सरदार विजयी हुनुभएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *