नारायणगढ–मुग्लिन सडकमा राति सवारी चलाउन रोक

किशोर खनाल, भरतपुर । असार लागेयता नारायणगढ–मुग्लिन सडकमा लगातार पहिरो गइरहेको छ । पहिरोमा परी सुरक्षाकर्मीसहित केही यात्रुको समेत ज्यान गएको छ । सो सडकमा पैदलयात्रीसमेत जोखिममा परेका छन् ।नारायणगढ–मुग्लिन सडकमा रातको समयमा पहिरो खसेको पनि नदेखिने र दुर्घटना पनि बढी भइरहेको अवस्थालाई ध्यान दिँदै संसद्को विकास समितिले नारायणगढ–मुग्लिन सडकमा रातको समयमा सवारी चलाउन रोक लगाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ ।

संसद विकास समितिले वर्खामासको समयमा राति सवारी साधन चलाउँदा जोखिम बढ्ने हुँदा यस अवधिभर अर्थात् डेढ महिनासम्म रातको समयमा सवारी आवागमनमा रोक लगाउन भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागसहितको सम्बन्धित निकायलाई निर्देशन दिएको छ । नारायणगढ मुग्लिन सडकमा यतिबेला दिउँसोभन्दा रातको समयमा जोखिम बढेको छ । जनधनको क्षति पनि रातको समयमा बढी भइरहेको छ । त्यसकारण पनि समितिले रातको समयमा सवारी साधनलाई रोक लगाउन निर्देशन दिएको हो । समितिले उक्त सडक खण्डमा थप सुरक्षाको प्रवद्र्धन गर्न पनि निर्देशन दिएको छ ।

उक्त सडकको विकल्पमा अन्य वैकल्पिक मार्गको प्रयोग गर्न पनि समितिले निर्देशन दिएको छ । मुग्लिन—नारायणगढ सडक खण्डमा यातायात र सवारी साधन संचालनको क्रममा यात्रुहरुको सडक सुरक्षा नियमित र भरपर्दो बनाउने कार्यलाई प्राथमिकताका साथ गर्न गराउन पनि निर्देशन दिएको छ । उक्त सडकमा रहेका जोखिम बस्तीलाई स्थानान्तरण गर्न तत्काल वैकल्पिक व्यवस्थापन गर्नसमेत समितिले निर्देशन दिएको छ । रातकै समयमा पनि नारायणगढ मुग्लिन सडक विस्तारको कार्य गरी छिटोभन्दा छिटो काम सक्नसमेत निर्देशन दिइएको छ ।

यो सडकको विस्तारका क्रममा बन्ने पुलहरूको टेन्डरलगायतको प्रक्रिय तत्काल अगाडि बढाउन पनि समितिले निर्देशन दिएको छ । यो सडक खण्डको विस्तार गर्ने कार्यका लागि आवश्यक पर्ने डाईभर्सनलाई चाहिने बेलिब्रिजको समयमा नै व्यवस्थापन गर्न पनि समितिले निर्देशन दिएको छ । सडक निर्माणको लागि आवश्यक निर्माण सामग्री, मेशीन तथा औजार र जनशक्ति जस्ता अत्यावश्यक कुराहरु कुनै पनि कारणबाट कुनै पनि अवस्थामा अभाव हुन नदिने वातावरण बनाउनसमेत समितिको निर्देशन छ । उक्त सडकमा पर्ने ४ वटा पुलहरुको निर्माणका कार्य प्रकृयालाई छिटो टुंग्याई कार्यान्वयनमा ल्याउन र बाँकी पुलहरुको डाइभर्सन लगायतकाआवश्यक कार्यहरु व्यवस्थित रुपमा यथाशीघ्र अगाडि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

मुग्लिन—नारायणघाट सडक खण्डको कम्तीमा पनि महिनामा १ पटक नियमित अनुगमन, निरीक्षण एवं देखिएका समस्या समाधान गर्न आवश्यक छलफलको लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा क्षेत्रीय प्रहरी इकाई, स्थानीय जनप्रतिनिधि, राजनैतिक दलहरु र सरोकारवाला सम्बद्ध बीच एक समिति यथाशिघ्र गठन गर्न पनि ध्यानाकर्षण गराइएको छ । मुग्लिन—नारायणघाट सडक खण्डको अहिले भैरहेको ईष्टिमेट र डिजाइनिङमा भविष्यमा सडकको सुरक्षाको लागि थप के के गर्न आवश्यक छ, त्यस्ता विषयहरुलाई १५ दिनभित्र प्रतिवेदन तयार गरी समितिमा पेश गर्न मुग्लिन—नारायणघाट सडक आयोजनालाई समिति ध्यानाकर्षण तथा निर्देश गर्दछ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले संसदको विकास समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको खबर पाए पनि आधिकारिक रुपमा पत्र प्राप्त भइनसकेको बताए । उनले भने, ‘मिडियामार्फत खबर त पाइयो तर आधिकारिक रुपमा पत्र आइसकेको छैन । मन्त्रालयबाट पत्र आएपछि कार्यान्वयनतर्फ लाग्नेछु ।’ प्रजिअ भट्टले एक दुई दिनमा रातको समयमा रोक्न मन्त्रालयबाट पत्र आउने उनले आशा गरे । उनले भने, ‘एक दुई दिनभित्र रातको समयमा सवारी साधन चलाउन रोक्नु भन्ने पत्र आएपछि छिटै कार्यान्वयनको तयारीमा लाग्छौँ ।’

संसदको विकास समितिले असार १३ गते नारायणगढ–मुग्लिन सडकको स्थलगत अध्ययन गरेको थियो । यसअघि जिल्ला प्रशासन कार्यालयमा भएको कार्यक्रममा समेत नारायणगढ मुग्लिन सडकमा रातको समयमा सवारी साधनमा रोक लगाउनुपर्ने चर्चा चलेको थियो ।

कहिले सकिन्छ निर्माणको काम ?
सम्झौताअनुसार मुग्लिन–नारायणगढ सडकको काम सन् २०१७ को अप्रिलमा भ्याउनुपर्ने थियो । नाकावन्दी हुँदा निर्माण सामग्रीको अभावले सडक विस्तारको काम समयमै नसकिएको ठेकदार पक्षको भनाइ छ । सडक निर्माण गर्दा करिब २ महिना प्रक्रियामा अड्केको थियो । हालसम्म सडक निर्माणको काम जम्मा ५० प्रतिशत सकिएको बताइएको छ । सडक विस्तारको काम सम्झौताअनुसार अघि बढ्न सकेको छैन । सरकारले ठेकेदार कम्पनीलाई समय थप गरेर सन् २०१७ भित्रै सडक विस्तार सक्न निर्देशन दिएको छ ।

मुग्लिन—नारायणघाट सडक खण्डमा परी मृत्यु भएका प्रहरी लगायत सबै मृतकहरुप्रति हार्दिक श्रद्धान्जलि व्यक्त गर्दै यस सडक खण्डको मर्मतरनिर्माण कार्यमा संलग्न सम्बद्ध सरोकारवाला सबैलाई हालसम्म सम्पन्न भएको कार्यको लागि धन्यवाद दिँदै मुलुकको लाइफलाइनको रुपमा रहेको यो सडकक मुग्लिन—नारायणघाट सडक खण्डको कार्य समयमै सम्पन्न गर्न अझ संवेदनशील, जिम्मेवारी र प्रतिबद्ध भई लाग्न सरोकारवाला सम्बद्ध आयोजना, जिल्ला प्रशासन कार्यालय, निर्माण व्यवसायीको भौतिक पूवार्धार तथा यातायात मन्त्रालय, संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय र गृह मन्त्रालयमार्फत् ध्यानाकर्षण गर्दछ।

पहिरो गैरहेका एवम् अझ जाने सम्भावना भएको यस मुग्लिन—नारायणघाट सडक खण्डको लगभग ७ कि.मी. सडक खण्डमा वर्षाको डेढरदुई महिना जति समयमा सुरक्षाको दृष्टिले राति गुड्न नदिई सुरक्षाको व्यवस्था गरी सो समयमा पहिरो नजाने सुरक्षित ठाउंमा मर्मतका के कस्ता कार्यहरु गर्न सम्भव हुन्छ अध्ययन गरी सम्भव भएका कार्यहरु यथाशिघ्र द्रुत गतिमा गर्न गराउन प्रमुख जिल्ला प्रशासन कार्यालय, सम्बद्ध आयोजनालाई भौतिक पूवार्धार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, र गृह मन्त्रालय मार्फत समिति ध्यानाकर्षण तथा निर्देश गर्दछ।

मुग्लिन—नारायणघाट सडक खण्डको लागिसम्बद्ध निकायहरु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय, र गृह मन्त्रालयमार्फत् सम्वद्ध आयोजना, निर्माण व्यवसायी, परामर्शदाता, जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण तथा निर्देश गर्दछ।

मुग्लिन—नारायणघाट सडक खण्डमा देखिएका जति पनि समस्याहरु छन् (यूटिलिटी, विद्युत पोल, पाइपलाइन, वन जंगल जस्ता मर्मतका क्रममा आउने समस्याहरु) यथाशिघ्र समाधान गर्न जिल्ला प्रशासन कार्यालय, आयोजनाको सम्बद्ध मन्त्रालय भौतिक पूवार्धार तथा यातायात मन्त्रालय, संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय, र गृह मन्त्रालयमार्फत ध्यानाकर्षण गर्दछ ।

आयोजना, जिल्ला प्रशासन कार्यालय, निर्माण व्यवसायीको सम्बद्ध मन्त्रालय भौतिक पूवार्धार तथा यातायात मन्त्रालय, संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय र गृह मन्त्रालयमार्फत् ध्यानाकर्षण गर्दछ। मुग्लिन—नारायणघाट सडक खण्डको क्षण(क्षणको अवस्था कहां के छ, कस्तो छ सूचना दिने प्रणाली स्थापना गरी गराई सोको जानकारी सम्बन्धित सबैलाई दिने व्यवस्था मिलाउन सम्बद्ध आयोजना, जिल्ला प्रशासन कार्यालय, निर्माण व्यवसायीको सम्बद्ध मन्त्रालय भौतिक पूवार्धार तथा यातायात मन्त्रालय, संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय र गृह मन्त्रालयमार्फत ध्यानाकर्षण गर्दछ।

७. सुरक्षाको दृष्टिले मुग्लिन—नारायणघाट सडक खण्डको पहिरो जाने जोखिम क्षेत्रमा सडकको साइडमा अवस्थित घर, टहरा, बस्तीलाई स्थायी रुपमै बस्ती स्थानान्तरण गर्न यथाशिघ्र आवश्यक कार्य अगाडि बढाउन सम्बद्ध आयोजना, जिल्ला प्रशासन कार्यालय, निर्माण व्यवसायी, सम्बद्ध मन्त्रालय भौतिक पूवार्धार तथा यातायात मन्त्रालय, संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय, गृह मन्त्रालय र नेपाल सरकारको ध्यानाकर्षण गर्दछ।

मुग्लिन—नारायणघाट सडक खण्डको कम्तिमा पनि महिनामा १ पटक नियमित अनुगमन, निरीक्षण एवं देखिएका समस्या समाधान गर्न आवश्यक छलफलको लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा क्षेत्रीय प्रहरी इकाई, स्थानीय जनप्रतिनिधि, राजनैतिक दलहरु र सरोकारवाला सम्बद्ध बीच एक समिति यथाशिघ्र गठन गर्न सम्बद्ध सबैको ध्यानाकर्षण गर्दछ ।

त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडक विस्तार आयोजना अन्तरगत कलंकी–नागढुङ्गा सडक खण्ड विस्तार गर्ने कार्य केही स्थानीयबासीले सर्वोच्च अदालतमा गरेको उजुरीबाट उक्त सडक खण्डको विस्तार गर्ने कार्य विगत १५र१६ महिनादेखि अवरुद्ध हुँदै आएकोले उपत्यका प्रवेशको अति महत्वपूर्ण एवं अत्याधिक चाप रहेको यस सडक खण्डको विस्तारमा देखिएको अवरोधका कारण समग्र उपत्यका नै प्रभावित हुन गएको, यस उक्त सडक खण्डको विस्तार कार्यमा पुगेको अवरोधका कारण सडक विस्तारको निर्धा्रित लक्ष्यसमेत व्यवहारिक रुपमा पूरा हुन नसक्ने देखिएको सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको आदेशको उच्च सम्मान गर्दै, पीडितहरुलाई कानुन बमोजिम क्षतिपूर्ति उपलब्ध गराई उक्त सडक खण्डको विस्तार कार्यलाई सम्भावित उपाय पत्ता लगाई तत्काल अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण तथा निर्देश गर्दछ।

नारायणगढ ( मुग्लीङ सडक खण्डको ईच्छाकामना गाउँपालिका वडा नं (६ कालिखोला नजिकै मिति २०७४/०३/२० गते १५: ३० बजेको समयमा दुई स्थानमा पहिरो गई अवरुद्ध भएको सडक पहिरो हटाई १७: ४५ बजेदेखी सुचारु भएको व्यहोरा जानकारी गराईएको छ । साथै ओभरटेक नगरी आ-आफ्नो लेनमा बिस्तारै अगाडि बढ्नको लागि सम्पुर्ण सवारी चालकहरुलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *