सुष्मा आईन्, के कोशेली ल्याईन् ?

“
काठमाडौं, माघ १८ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छिन् ।
विशेष विमानबाट आएकी स्वराजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थराज्यमन्त्री उदयशम्शेर राणा, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले स्वागत गरेका थिए ।
स्वराजले आफ्नो भ्रमण दुई देशबीचको सद्भावको लागि भएको बताएकी छिन् ।
विमानस्थलबाट स्वराज सोल्टी होटल गएकी छन् । सोल्टीमा उनको सम्मानमा एमालेले रात्रीभोजको आयोजना गरेको छ जहाँ एमाले अध्यक्ष केपी ओलीसहित एमालेका नेताहरुसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ ।
स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्षसँग भोली भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
नयाँ सरकार गठन हुनै लाग्दा भएको स्वराजको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
“








