चलचित्र ‘लम्फू’ का चार गीतको अडियो सार्वजनिक, (अडियाेसहित)

काठमाडौं, माघ १७ । चलचित्र ‘लम्फू’ मा समावेश चार गीतको अडियो सार्वजनिक भएका छन्। प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, सुरेश लामा र अप्सरा घिमिरेको स्वरमा रहेका चारवटै गीतमा अर्जुन पोख्रेलको संगीत रहेको छ ।

‘सँगै जिउने सँगै मर्ने’, ’तिम्लाई भुलेर’, ’दोधार दोधारमा’ र ’सुको छैन यार’ बोलका गीत ’लम्फू’ मा समावेश छन् ।

‘सँगै जिउने सँगै मर्ने’ बोलको गीतमा अप्सरा घिमिरे र सुरेष लामाको स्वर रहेको छ भने गीतमा दिग्गज धौलारीले शब्द रहेको छ ।

’तिम्लाई भुलेर’ बोलको गीतमा प्रमोद खरेलको स्वर र युवराज सापकोटाका शब्द रहेको छ भने ’सुको छैन यार’ बोलको गीतमा शिव परियारको स्वर र प्रमोद ढुंगानाको शब्द रहेको छ ।

’दोधार दोधारमा’ बोलको गीतमा दुर्गा खरेलको स्वर र नरेश भट्टराईले शब्द रहेको छ । बैशाख २८ गतेबाट रिलिज हुने चलचित्रलाई गोपालचन्द्र लामिछाने निर्देशन गरेका छन् ।

चलचित्रमा कविर खड्का, सलोन बस्नेत,मरिष्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, कुशुम श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + ten =