प्रहरीको मदिरा मिशन : सस्तो लोकप्रियता मात्र


“
असार २०, चन्द्रपुर । चन्द्रपुर नगरपालिकाको विभिन्न ग्रामिण भेगहरुमा अझै अवैध घरेलु मदिरा उत्पादन कार्य खुल्लेआम रुपमा भईरहेको छ । ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले विगत केही समय अगाडी सस्तो लोकप्रियताका लागि चन्द्रनिगाहपुर क्षेत्रमा अवैध मदिरा उत्पादन कार्य रोक्ने प्रयास गरेपनि ग्रामिण क्षेत्रमा भने अझै रोक्न सकेको छैन ।
स्थानिय प्रहरी चौकिहरुनै अवैध घरेलु मदिरा उत्पादन कार्यलाई रोक्नको सटा झन बढावा दिने कार्य गर्ने गरेको स्थानियहरुको आरोप रहेको छ । सस्तो लोकपिय्रताका लागि मात्र प्रहरीले सोझा साझाको मदिरा नियनत्तणमा लिने गरेको र सिमा क्षेत्रमा तस्करी गर्नेको छाडिदिने गरेको स्थानियको आरोप रहेको छ । भनिन्छ ‘सुर्य अस्त नेपाल मस्त’ ठिक यस्तै यहा सुर्य अस्त भएपछि यहँका मानिसहरु मस्त हुने पुरानो प्रवृतिमा अझै कुनै सुधार आउन सकेको छैन । चन्द्रनिगाहपुर क्षेत्रमा केहि कडा गरिए जस्तो गरिए पनि देखाएर नबेच लुकाएर बेच भन्ने प्रहरी प्रशासनको मनसाय रहेको बुझिन्छ भने अन्य ग्रामिण भेगहरुमा खुल्लेआम घरेलु मदिरा विक्रि वितरण भईरहेका छन ।
मदिरा तथा अन्य नशालु पदार्थ सेवनबाट स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएकाले यस्ता कार्यलाई जरैबाट रोक्नका लागि समयमै राज्य तथा स्थानीय प्रहरी प्रशासनको ध्यान जान जरुरी रहेको नेकपा एमाले नगर प्रतिनिधि शिव आचार्यले बताए । अवैध मदिरा पसल संचालन भएका कारण खासगरी यहाका युवाहरु सुर्य अस्ताएपछि मदिरा सेवन गरी होहल्ला तथा समाजमा नकारात्मक क्रियाकलापमा संलग्न हुदा ठुलो असर पर्ने गरेकोमो उक्त अवैध मदिरा पसल तथा घरेलु मदिरा उत्पादन कार्यलाई नियन्त्रण गर्नुपर्ने माग सरोकारवालाहरुले गरेका छन । यस विषयमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
“
