‘सकियो वार्ता, जुटेन सहमती’

काठमाडौं, माघ १४ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकिएको छ । खुमलटारमा दुई नेताबीच भएको ‘वान टु वान’ वार्ता विना निष्कर्ष टुंगिएको छ ।

प्रचण्ड निवास खुमलटारमा भएको वार्तामा पार्टी एकता र सरकार गठनको विषयमा कुराकानी भएपनि सहमति बन्न नसकेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार एमालेले सरकार गठनलाई प्राथमिकता दिएको छ भने माओवादी केन्द्रले सरकार गठनभन्दा पनि पार्टी एकतालाई नै मुख्य प्राथमिकता दिएको छ । दुई नेताबीचको वार्तामा सरकार गठनबारे ठोस रूपमा छलफल हुने बताइएको थियो । बैठकमा मुख्यमन्त्री र सभामुखको विषयमा पनि छलफल भएको नेताहरुले बताएका छन् ।


ओली प्रधानमन्त्री सहित आगामि महाधिवेशनसम्म पार्टी अध्यक्ष बन्ने सोचमा छन् भने दाहाल पार्टीमा तत्कालै अध्यक्षको भुमिका खोजिरहेका छन् । यहि कारणले एमाले–माओवादीको एकता प्रकृया अघि बढ्न नसकेको बताइन्छ ।

सभामुख र मुख्यमन्त्रीको पद बाँडफाँडको लागि एमाले र माओवादीबीचको संयुक्त कार्यदलको बैठक एमाले संसदीय दलको कार्यलय सिंहदरबारमा बस्दैछ ।

माओवादीले २ मुख्यमन्त्री र ४ सभामुख पाउनुपर्ने दावी गर्दै आएको छ । तर, एमालेले माओवादीको मागलाई स्वीकार गरेको छैन । शिर्ष तहमै सहमति जुट्न नसकेपछि संयुक्त कार्यदलको बैठकले यि विषय टुंगो लगाउन सक्ने स्थिति भने नरहेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 1 =