‘आइ एम सरी’ लाई करोड ‘भ्यू’

“फिल्म ‘फाटेको जुत्ता’ मा समावेश ‘आई एम सरी’ बोलको गीतले पनि युट्युवमा १ करोड पटक हेरिने गीतमा समावेश भएको छ । सौगात मल्ल र प्रियंका कार्की फिचरिङ गीतमा प्रवेश मल्लिकको स्वर, शब्द र संगीत छ ।

निरज कँडेलले खिचेको गीतमा राजीव समरको कोरियोग्राफी रहेको छ । गीतमा सौगातलाई बलीउड स्टार सलमान खानको शैलीमा उतारिएको छ । अर्जुन कुमार फिल्मसको व्यानरमा तयार भएको ’फाटेको जुत्ता’लाई अर्जुन कुमारले निर्माण गरेका हुन् । कात्तिक १७ गते प्रदर्शनमा आएको कमेडी जनराको यस फिल्ममा निकेश खड्काको निर्देशन छ ।

यस्तै, हालैमात्र निर्देशक सुदर्शन थापा निर्दे्शित तथा नायिका पूजा शर्मा र नायक पल शाह अभिनीत फिल्म ’म यस्तो गाीत गाउँछु’को ’किन आजकाल’ बोलको गीतले पनि युट्युवमा करोड भ्यूअर्स पाएको छ । यी दुवै फिल्म हिट फिल्मको सूचीमा सामेल छन् ।

‘पूर्व पश्चिम रेल’, ‘ठमेल बजार’, ‘कुटुमा कुटु’, ‘नाइनलको साडी’, ‘तिमी रोएको पल’ लगायतका नेपाली फिल्मका गीतले युट्युवमा करोड भ्यूअर्स पाइसकेका छन् ।

https://youtu.be/OIPqHOP_GiA”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eight =