पुर्वी नेपालमा पहिलो पटक ‘मिस स्टेट–१ प्रतियोगिता’ हुने

“
धरान, माघ ५ । सुन्दरी प्रतियोगितामा नयाँ आयाम थप्दै सुनसरीको धरानमा पहिलो पटक ‘मिस स्टेट-१ नेपाल २०१८’ आयोजना हुन भएको छ ।
वुमन बर्थ ग्रुपको आयोजनामा शुरु हुन लागेको यो प्रतियोगिताले बिबाहित महिलाहरुलाई विभिन्न अवसरहरु प्रदान गर्ने ग्रुपकी अध्यक्ष मिरा धमलाले पत्रकार सम्मेलनमा जानकारी दिएकी छिन ।
महिलाहरुको रुप मात्रै हैन उनीहरुमा भएको क्षमता, दक्षता, प्रतिभा, वाकशक्तिलाई समेत सम्मान गर्दै अवसरहरु प्रदान गर्ने र विभिन्न क्षेत्रमा स्थापित गराउन नेपालमा पनि प्रतियोगिता आयोजना गर्न लागेको उनले बताईन् । पुर्वी नेपाल भरीका बिबाहित महिलाहरुवीच प्रतिस्पर्धा गराई सुन्दर र क्षमतावान सुन्दरी छनौट गर्न वुमन वर्थ ग्रुपले मिस स्टेट १ नेपाल २०१८ आयोजना गर्न लागेको हो ।
सामाजिक अन्तर्घुलन, पारिबारीक सम्वन्ध, संस्कार, संस्कृति, भिन्न राष्ट्रिय पहिचानलाई एकताको सुत्रमा बाँध्नका लागि पनि प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको धमलाले पत्रकार सम्मेलनमा बताएकी छिन ।
नेपाली बिबाहति महिलाको क्षमतालाई चिनाउनका लागि यो प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने र प्रतियोगितामा सहभागि भएर आफनो सुन्दरता, क्षमता, प्रतिभालाई खुल्ला रुपमा प्रस्फुटन गर्न समेत सो सम्मेलन मार्फत नै धमलाले आह्वान समेत गरेकी छिन ।
नेपालको प्रमुख शहरहरु विर्तामोड, दमक,इटहरी, धरानमा क्रमश माघ १५, १८, २३ र २४ गते अडिसन र अन्तिम प्रतिष्पर्धा धरानको सभागृहमा फागुन २६ गते हुनेछ भने बढीमा ३० जना सहभागी छनौट गरेर धरानमा २० दिन प्रशिक्षण दिइनेछ
अन्तीम प्रतिष्पर्धाका चुनिएका विजेता लाई नगद १ लाखका साथै क्राउन, टर्फी र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । त्यस्तै दोश्रोलाई नगद ५० हजार, क्राउन, टर्फी र गिफ्ट ह्याम्पर र तेश्रोलाई नगद २५ हजार क्राउन, टर्फी र गिफ्ट ह्याम्पर प्रदान गरिने धरमलाले जानकारी दिईन् ।
“








