झापाको झिलझिलेमा पनि खुल्याे एनआर्इसी एशिया बैंकको शाखा

काठमाडौं, माघ ४ । एनआर्इसी एशिया बैंकले झापाको झिलझिलेमा नयाँ शाखा खोलेको छ।यो शाखाको डेपुटी गभर्नर शिवराज श्रेष्ठले विहिबार उद्घाटन गरे।

योसँगै बैंकको शाखा १ सय ५७ पुगेको छ।आठ अर्ब पूँजी पुर्याएपछि एनआर्इसी एशियाले आक्रामक रुपमा शाखा र बजार विस्तारमा जोड दिएको छ।बैंकको १ सय ४६ वटा एटिएम र चार वटा एक्सटेन्सन काउन्टर छन्।बैकले ब्राण्ड एम्बेस्डरमा नायिका मनिषा कोइरालालार्इ नियुक्त गरेको छ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखाहरु संचालन गर्ने योजना अगाडी सारेको बैंकका सूचना अधिकारी रोशन कुमार न्यौपानेले बताए ।

 

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =