एक सय छयानब्बे स्थानको मत परिणाम घोषणा

काठमाडौँ, १८ असार । दोस्रो चरण अन्तर्गत असार १४ गते ३५ जिल्लामा भएको निर्वाचनमा हालसम्म १९६ स्थानीय तहको अन्तिम परिणाम प्राप्त भएको छ । निर्वाचन आयोगमा स्थापित संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार हालसम्म प्रदेश नं १ का ७१, प्रदेश नं ५ का ६० र प्रदेश नं ७ को ६५ स्थानीय तहको अन्तिम मत परिणाम घोषणा भएको हो ।

त्यसैगरी प्रदेश नं १, ५ र ७ का क्रमशः ६६, ४८ र २३ गरी अहिले १३७ स्थानीय तहको मतगणना जारी रहेको आयोगले जनाएको छ ।

दोस्रो चरण अन्तर्गत ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछ । उक्त निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *