माओवादी मन्त्रीले राजिनामा दिने साईत जुर्ने भो !

दाङ, पुस २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले विना बिभागिय बनाएको करिब दुई महिना पछि बल्ल माओवादी मन्त्रीहरु सरकारबाट बाहिरिने भएका छन्, त्यो पनि नयाँ सरकार गठनका लागि पहल गर्न ।
उपप्रधानमन्त्री कृष्णबहादुर महराले आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए ।
देशमा नयाँ संबिधान बनेर संबिधानले कल्पना गरे अनुसार स्थानिय तह , प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेपछि नयाँ जनादेश अनुसार नयाँ सरकार निर्माण गरेर जनअपेक्षा अनुसार काम गर्नुपर्ने भएपनि बर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा सरकारबाट बाहिरिने कुनै तयारी नगरेपछि आफ्नो पार्टीले सरकार छाडेर नयाँ सरकार निर्माणका लागि मार्ग प्रसस्त गर्न लागेको महराले बताए ।

दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका प्रभावशाली नेता महराले भने – ” मैले नयाँ जनादेश अनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न हाम्रो पार्टी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा संग परामर्स गरिसकेको छु त्यसैले हाम्रो पार्टीका मन्त्रीहरुले पदवाट राजिनामा दिएर सरकारवाट बाहिरिने तयारी गरेका छौं सायद आज साँझ सम्मामा हाम्रो आधिकारिक राजिनामा आँउछ।”

अहिले आफुपनि सरकारमा भएकाले सरकारले गरेका राम्रा नराम्रा कामको भागिदार हुनुपर्ने भएकाले सरकारमा बसेर सरकारकै बिरोध गर्नु नैतिकताले नदिने बताउँदै महराले भने सरकारमा बसेर सरकारलाई गालि गर्नुको कुनै अर्थ हुँदैन त्यसैले नयाँ सरकार निर्माणका लागि हामीले मार्ग प्रसस्त गर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =