इरानले मृत्युदण्ड सुनाइएकाको फैसला समीक्षा गर्ने

काठमाडौं, पुस २७ । इरानको न्यायपालिकाले लागुऔषधसम्बन्धी अपराधमा दोषी ठहर भएर मृत्युदण्ड सुनाइएका कैदीहरुका फैसला समीक्षा गर्ने तयारी गरेको छ ।

इरानको संसदले लागुऔषधको अपराधमा मृत्युदण्ड दिने प्रावधानलाई फेरबदल गरेपछि न्यायपालिकाले पनि कैदीहरुका फैसला समीक्षा गर्ने तयारी गरेको हो ।

न्यायपालिका प्रमुख आयातोल्ला सादेग लार्जानीले स्थानीय सन्चारमाध्यमहरुसँग कुरा गर्दै मृत्युदण्ड सुनाइएका ती फैसलामा समीक्षा गर्नसकिने बताए ।

न्यायपालिका प्रमुखको भनाइ सार्वजनिक भएसँगै इरानको कानुनमा भएको सुधारका कारण त्यहाँ लागुऔषधसम्बन्धी अपराधमा दोषी ठहर भइ मृत्युदण्ड सुनाइएका हजारौं कैदीको ज्यान जोगिनसक्ने बताइएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =