सन् २०१७ मा चीनमा अश्लील दृष्यका १० हजार घटना
२०७४ जेठ १५ गते

“
बेइजिङ, पुस २५ । चीनमा गत बर्षभरि अर्थात् सन् २०१७ मा अश्लील सामग्रीसम्बन्धी १० हजार ३०० घटना भएका छन् ।
अश्लील सामग्री प्रदर्शन तथा अवैध प्रकाशन विरुद्धको कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणमा यस्तो तथ्याङ्क देखिएको हो ।
यस्ता गतिविधिमा संलग्न भएको अभियोगमा एक लाख २८ हजार वेबसाइट बन्द गरिएको छ भने प्रकाशित करोडौँ सामग्रीहरू मेटाइएकोे छ ।
यसअवधिमा कार्यालयमा आम नागरिकको तर्फबाट एक लाख २१ हजार उजुरी परेका थिए । कार्यालयले सार्वजनिक सुरक्षा र प्रतिलिपि अधिकार सम्बन्धी एक सय ४७ मुख्य घटनाबारे पनि कारबाही चलाएको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








