विरालो सम्बन्धी रोचक जानकारी, घरमा विरालो पाल्दा मुटु रोगको खतरा कम!

बिरालो मानिसको सबैभन्दा बढी मनपराइएको घरपालुवा जनावर हो । गाउँघरमा मुसा मार्नदेखि लिएर सहरमा मुटुरोगको खतरा कम गर्न समेत बिरालो पाल्ने गरिन्छ । बिरालोबारे केही रोचक तथ्यहरु पढौँ । प्रत्येक वर्ष चीनमा चालीस लाखभन्दा बढी बिरालाहरु खाइन्छ।

–बिरालामा सत्तरीभन्दा बढी नश्ल पाइन्छ । -बिरालो लगायत, सिंह र बाघसमेत गुलियो स्वाद थाहा पाउँदैनन् किनभने उनीहरुको जीब्रोमा गुलियो स्वादकेशिका हुदैँन। -बिरालाहरु आफ्नो जीन्दगीको सत्तरी प्रतिशतभन्दा बढी समय सुतेर बिताउँछन् ।

-बिरालो पाल्दा हार्ट अट्याक तथा स्ट्रोकको सम्भावना एक तिहाईले कम हुने एउटा अध्ययनले जनाएको छ । -सन् १९६० को दशकमा अमेरीकी जासुसी सँस्था सि।आइ।ए। ले बीस मिलियन डलरभन्दा बढी रकम बिरालाहरुलाई -जासुसी तालिम दिन खर्चेको थियो । पहिलो जासुसी बिरालोलाई एउटा ट्याक्सीले किचेको थियो ।

-खसी पारिएका डाँगो बिरालाहरु खसी नपारिएका भन्दा ६२ प्रतिशत लामो आयो बाँच्दछन् । -कोरिया र जापानजस्ता मुलुकहरुमा यस्ता क्याफेहरु पाइन्छन्, जहाँ गएर तपाइँ कफी पिउँदै बिरालाहरुसँग बसेर समय बिताउन सक्नुहुन्छ ।

-एक अध्ययनका अनुसार बिरालाहरु आफ्नो मालिकको आवाज चिन्दछन्, तर त्यसलाई वास्ता गर्दैनन् । -प्राचीन मिश्रबासी आफ्नो बिरालोको मृत्युपछि शोक मनाउन आफ्नो आँखीभौँ खौरिने गर्दथे । -जापानमा कालो बिरालोलाई शुभलक्षणको प्रतीक मानिन्छ, जबकि अन्यत्र यसलाई अशुभ मान्ने गरिन्छ। -मानिसका लागि औँलाछापजस्तै बिरालाको नाक फरकफरक हुने गर्दछ।

-एउटी डस्टी नाम गरेकी छाउरीले आफ्नोे जीन्दगीभरीमा ४२० बच्चाहरुलाई जन्म दिई, जुन विश्व रेकर्ड हो । -क्लोन गरिएको पहिलो बिरालोको नाम सि.सि, अर्थात् ‘कार्बन कपी’ राखिएको थियो ।

-अमेरिकाको प्रायः सबै राज्यहरुमा बिरालोको नंग्रा काट्न पाइन्छ । तर जर्मनी, फिनल्याण्ड, अष्ट्रेलिया, -स्वीट्जरल्याण्डजस्ता मुलूकहरुमा नंग्रा काट्नु गैह्रकानूनी काम हो ।

-सन् १९६३ मा बिरालो प्रजातिबाट फेलिसिटी नाम गरेको बिरालो पहिलो पटक अन्तरीक्षमा पुगेको थियो । -संसारमा बिरालोको कारण अन्य थुप्रै प्रजातिका जन्तुहरु लोप भएको विश्वास गरिन्छ ।

-अनुसन्धानहरुबाट पत्ता लगाइएअनुसार अरु जनावरले जस्तो घरपालुवा बिरालाहरुले कहिल्यै माफी दिदैँनन् र दुश्मनीपछि मेलमिलापको सम्भावना रहदैँन । -बिरालाहरु आफ्नो पञ्जाबाट पसीना निकाल्छन् । -बिरालाहरु आफ्नो नाकको सीधा तल देख्न सक्दैनन् तर मानिसहरुजस्तै सपना देख्न सक्दछन् ।

-सबैभन्दा मोटो बिरालोलाई दिइने गिनिज विश्व रेकर्ड बन्द गरिएको थियो । बिरालोहरुलाई ज्यादा खुवाउने प्रवृत्तिलाई निरुत्साहित गर्न सो कदम चालिएको थियो । -बिरालोलाई नुनिलो पानीमा पाइने एकप्रकारको माछा टुनाको लत बस्न सक्छ । त्यसो भएमा बिरालोहरु अन्य कुनै पनि -खानेकुरा खान मान्दैनन्। त्यस्ता बिरालोहरुलाई ‘टुना जन्कीज्’ भन्ने गरिन्छ ।

-बिरालोको डिएनएको ९५.६ प्रतिशत हिस्सा बाघको डिएनएसँग मिल्दछ । -एउटा बिरालोले ‘अनसिन्केबल साम’ उपनाम पाएको थियो। दोस्रो विश्वयुद्धको समयमा तीन फरकफरक पानीजहाज -दुर्घटनापछि पनि उक्त बिरालो बाँच्न सफल भएको थियो । -इटलीमा एउटा बिरालोले आफ्नो मालिकबाट एक करोड तीस लाख अमेरीकी डलरबराबरको धनराशी अंशमा पाएको थियो । – एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 20 =