महाकाली नगरपालिकामा काँग्रेस विजय

भीमदत्तनगर, १८ असार । कञ्चनपुरको महाकाली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका वीरबहादुर सुनार पाँच हजार १३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका किशोर लिम्बूले चार हजार ७१६ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, उपप्रमुखमा नेकपा एमालेका चिनी गिरी पाँच हजार २७७ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी नेकाका गङ्गा जोशीले चार हजार ३७१ मत प्राप्त गर्नुभयो । महाकाली नगरपालिकामा कुल १३ हजार ८५८ मत खसेको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *