चिप्लेघाटमा दुर्घटनामा एकको मृत्यु २ जना घाइते

पुस १७, धनगढी । कैलालीको पहाडी गाउँ पालिका मोहन्याल गाउँपालिका वार्ड नम्बर ७, चिप्लेघाटमा दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । ती मध्ये एक गम्भीर छन् ।

राष्ट्रिय माध्यमिक विद्यालय सोल्टाका सहायक प्रधानाध्यापक वीरबहादुर भण्डारीका अनुसार कैलाली र सुर्खेतको सीमामा पर्ने चिप्लेघाटमा फेरी तार्नेक्रममा दुर्घटना हुँदा मोहन्याल गाउँपालिका–६, सोल्टाका ३५ वर्षीय टेकबहादुर विष्टको ज्यान गएको हो ।

दुर्घटनामा परि मोहन्याल गाउँपालिका–७, ओखरेकोटका सुमन बोहरा र तारा अधिकारी घाइते भएको इलाका प्रहरी कार्यालय कर्णाली चिसापानीले जनाएको छ । घाइते दुवैलाई उपचारका लागि कोहलपुर लगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *