अमेरिकी गायिका जोय भिल्लामाथि यौनदुर्व्यवहार

वासिंटन, पुस १३ । अमेरिकी गायिका जोय भिल्लाले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव प्रचार अभियानका व्यवस्थापकले आफूमाथि यौनदुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

गायिका भिल्लाले ट्रम्पको चुनावी अभियानका पूर्वव्यवस्थापक कोरी लेवान्डोस्कीले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । गत महिना वासिङ्टनमा भएको एक कार्यक्रममा लेवान्डोस्कीले आफ्नो शरीरको पछिल्लो भागमा दुईपटक हिर्काएको आरोप भिल्लाले लगाएकी हुन् ।

आफू पहिले चुप बसेको र अहिले साथीहरुले हिम्मत दिएपछि आफूमाथि भएको दुर्व्यवहारको बारेमा खुलेर बोलेको भिल्लाले अमेरिकी सञ्चारमाध्यमसँग बताइन् । लेवान्डोस्कीले भने आरोपका बारेमा केही बताएका छैनन् ।

सेलिब्रेटी, राजनीतिज्ञ तथा विभिन्न ठूला कम्पनीमा हुने गरेका यौनदुर्व्यहारका घटना बाहिर आउने क्रममध्येको यो पछिल्लो घटना हो । विशेष गरी हलिउड निर्माता हार्बी वाइनस्टिनमाथि विभिन्न अभिनेत्रीले यौनदुव्र्यवहारको आरोप लगाएपछि यस्ता घटना बाहिर आउन सुरु भएको हो । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *