राखेप च्याम्पियनशिप राष्ट्रिय भलिबल शुरु

पोखरा, पुस १२ । राष्ट्रिय खेलकुद परिषद च्याम्पियनशिप अन्तर्गत २१ औं महिला तथा ३१ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता पोखरामा शुरु भएको छ । पाँच बिकास क्षेत्र र तीन बिभागिय टिम सहभागिता रहेको प्रतियोगिताको पुरुषतर्फ को लिग खेलमा आर्मी,एपीएफ,पश्चिमाञ्चल र पुलिसले सफलता हात पारेका छन् । त्यस्तै महिलातर्फ लिग खेलमा एपीएफ, मध्यामञ्चल, पश्चिमाञ्चल र पुलिसले बिजयी शुरुवात गरेका छन् ।

प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा नेपाल आर्मीले पूर्वाञ्चललाई २५–२०,२५–१९ र २५–१४ को सोझो सेटमा हराएको छ। अर्को बिभागिय टिम एपीएफले सुदूरपश्चिमाञ्चललाई २५–१२,२५–१७ र २५–१३ को सोझो सेटमा स्तब्ध तुल्याएको छ।
पुरुष तर्फको तेश्रो खेलमा नेपाल पुलिसले मध्य पश्चिमाञ्चललाई २५–१६,२५–१७ र २५–१६ को सोझो सेटमा हराउदा घरेलु टिम पश्चिमाञ्चलले मध्यमाञ्चललाई २५–२१,२५–२२ र २५–१६ को सोझो सेटमा रोकेको छ।

पोखरा रंगशालामा भएको महिलातर्फको लिग खेलमा एपीएफले पूर्वाञ्चललाई २५–२,२५–४ र २५–७ ले हराएको छ भने मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५–७,२५–११ र २५–१० को सोझो सेटमा हराएको छ।

त्यस्तैगरी पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–२,२५–४ र २५–८ को सोझो सेटमा हराएको छ। पहिलो बिभागिय टिम नेपाल पुलिसले कान्छो बिभागिय टिम नेपाल आर्मीलाई २५–१३,२७–२५ र २५–६ को सोझो सेटमा रोकेको छ।

युवा तथा खेलकुद मन्त्री राजनकुमार केसीले टेक्निकल कमिटिका संयोजक एशियन रेफ्रि क्यानिडेड टहलसिंह थापामगरलाई बल हस्तान्तरण गदै प्रतियोगिताको उद्घाटन गरेको थिए । प्रतियोगिताका दुवै समूहका बिजेताले ५० हजार उपबिजेताले ३० हजार र तेश्रो हुनेले २० हजार नगद प्राप्त गर्ने छन् । त्यस्तै महिला तथ पुरुषका उत्कृष्ट खेलाडीले जनही ५ हजर तथा बिधागत उत्कृष्ट हुने खेलाडीले जनही ३ हजार नगद प्राप्त गर्ने छन् ।

प्रतियोगिताका सहभागीहरुलाई टिमलाई दुई समूह बिभाजन गरि लिगकम नकाउटका आधारमा खेल खेलाईने छ। प्रतियोगिता १५ गते सम्म संचालन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *