छानविन टोली कालिकोट पुग्यो, तीन दिन देखिको कफ्र्यु हटाइयो


“
पुस १०, कालीकोट । कालीकोटमा लगाइएको कफ्र्यु हटेको छ । घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विकको संयोजकत्वमा सरकारले गठन गरेको समिति कालीकोट पुगेपछि कफ्र्यु हटाइएको हो । यही पुस ७ गते रातिबाट लगाइएको अनिश्चितकालीन कफ्र्यु सोमबारबाट हटाइएको हो ।
समितले सोमबार नै दुवै पक्षवीच छलफल गर्ने छ । कफ्र्यु हटाइएको भएपनि प्रशासन असपासमा भने निषेधित क्षेत्र कायमै राखिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जानकारी दिएको छ ।
पुस ७ गते प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा सोही दिन बाटनै कफ्र्यु लगाइएको थियो । घटनामा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो ।
पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेर आन्दोलन चर्काएपछि कफ्र्यु लगाइएको थियो ।
मृतक परिवारलाई सरकारकारले १० लाख क्षतिपूर्ति दिने निर्णय यस अघि नै गरिसकेको छ ।
“
