अष्ट्रेलियाः ‘जाने बित्तिकै सुन फल्छ’ भन्ने गलत सोच

उच्च शिक्षासँगै सुरक्षित भविष्य र करियर निर्माणकै लागि भनेर Abroad Study मा जाने विद्यार्थीहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । हाम्रो देशको शैक्षिक गुणस्तर र शिक्षण विधि अन्तर्राष्ट्रिय स्तरको नभई दिँदा धेरै विद्यार्थीहरू विदेशमै गएर उच्च शिक्षा हासिल गर्ने योजना बनाउँछन् ।

नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि जाने देशहरुमध्ये अस्ट्रेलिया पहिलो नम्बरमा आउँछ । केही वर्ष अघिसम्म हुने खाने र ढनाढ्य विद्यार्थी मात्र Abroad Study का लागि अमेरिका, बेलायत र अस्ट्रेलिया जाने गर्दथे । तर, पछिल्ला वर्षदेखि अस्ट्रेलिया सबै प्रकारका विद्यार्थीका लागि पहिलो गन्तव्य बनेको छ ।

अस्ट्रेलियामा आखिर त्यस्तो के छ जहाँ विद्यार्थीहरू अध्ययनका लागि जान चाहन्छन् ? अस्ट्रेलियाको अवस्था, शैक्षिक प्रणाली, विषय, कलेज छनौट, लागत, परामर्शदाता छनौट, शैक्षिक योग्यता, डकुमेन्टेशन जस्ता विषयमा विगत एक दशकदेखि परामर्श दिँदै आउनुभएका क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक शिशिर सिंखडाका विचारहरुः

Abroad Study कै लागि किन अस्ट्रेलिया

नेपाली विद्यार्थीहरू जो विगतमा Abroad Study का लागि अस्ट्रेलिया गएका छन्, उनीहरूको मनस्थिति हेर्दा अधिकांश विद्यार्थीहरू उच्च शिक्षा हासिल गरेर सिप सिक्नकै लागि र आफ्नो करीयर सुरक्षित गर्नकै लागि भनेर अस्ट्रेलिया जाने गरेको र्पाइन्छ ।

बेलायत, क्यानडा र अमेरिकाको भिसा प्रक्रिया जटिल र पछिल्लो समय भिसा लाग्ने चान्स धेरै कम भएकोले अस्ट्रेलिया प्रति नेपालीहरूको रुचि बढेको छ । अस्ट्रेलियामा विश्वभरीबाट Abroad Study का लागि विद्यार्थी आउँछन् । सहज भिसा प्रक्रिया, मध्यम आर्थिक अवस्था भएका विद्यार्थी जसको शैक्षिक योग्यता राम्रो छ, तिनीहरूले पनि सहजरुपमा जान सक्ने र उच्च शिक्षा पछिको अवसरले नेपाली विद्यार्थीहरू अस्ट्रेलिया तर्फ आकर्षित भएका हुन् । अस्ट्रेलियाको वातावरण नेपालसँग मिल्दोजुल्दो भएकोले विद्यार्थीहरूको गन्तव्य बनेको हो । प्रायः नेपाली विद्यार्थीहरुका लागि जनवरी र फ्रेबुअरी सबैभन्दा राम्रो ‘इन्टेक’ भएकाले यो समय उल्लेख्य मात्रामा विद्यार्थीहरू अस्ट्रेलिया जाने गरेका छन् ।

कस्ता विषय पढेकाले अस्ट्रेलियामा पढ्न सक्ने

नेपालमा कक्षा १२ पास गरेका विद्यार्थीहरूले साइन्स र म्यानेजमेण्ट विषय नै पढेका हुन्छन् । यी विषय अध्ययन गरेका विद्यार्थीले अस्ट्रेलियामा सजिलै अध्ययन गर्न सक्छन् । अस्ट्रेलिया जाने विद्यार्थीहरूले भोलिका दिनमा स्वदेश फर्किएर आफूले सिकेको सिप यहाँ बगाउन सक्ने उद्धेश्य लिनुपर्छ र, प्रायः विद्यार्थीको सोच पनि स्वदेशमै आएर देश निर्माणमा लाग्ने भन्ने नै छ । अस्ट्रेलियामा म्यानेजमेण्ट, आइटी, नर्सिङ, कम्प्युटर साईन्स, होटेल मेनेजमेण्ट जस्ता सिपमुलक विषय अध्ययन गर्न सकिन्छ ।

अन्य देशहरूको पाठ्यक्रम र अस्ट्रेलियाको पाठ्यक्रम बिचको भिन्नता

प्रायः विकसित देशहरूमा सिपमा आधारित शिक्षा छ, बेलायत, अस्ट्रेलिया, क्यानडा वा अमेरिका जुनसुकै मुलुकमा त्यहाँको सरकारले सिपमुलक पाठ्यक्रमलाई मान्यता दिएको हुन्छ । अस्ट्रेलिया र अन्य देशको तुलना गर्दा ठुलो भिन्नता नभएपनि युरोपतिर थ्यौरिकल बेसमा पढाईन्छ भने, अस्ट्रेलियामा कम्प्लीट प्राक्टिकल बेसलाई प्राथमिकता दिइन्छ ।

नेपाल र अस्ट्रेलियाको शिक्षा प्रणाली बिचको भिन्नता

हो, मुख्य कुरा नै यही हो । तपाईँ हामीले विद्यालय र कलेजमा ‘सुगा रटाई’ तरिकाले पढ्यौं । अझ हाम्रा बुबा हजुरबुबाहरुले त ‘टुप्पी’ बाँधेर पढ्नुपर्छ भनेर ‘घोकन्ते’ शिक्षा मै फोकस गर्नुभयो । फलस्वरुप हामीले मास्टर डिग्री हासिल गरिरहँदा ‘शिक्षित बेरोजगार’ नागरिक उत्पादन गर्नु बाहेक केही गर्न सकेका रहेनछौं ।

अस्ट्रेलियाको शिक्षा नेपालको भन्दा ठिक उल्टो छ, विद्यार्थीले पाठ्यक्रमलाई रातभर ‘रट्नु’ पर्दैन । विषयगत कुरालाई छामेर, हेरेर, अनुभव गरेर सिक्न पाइन्छ । अझ स्पष्ट भाषामा भन्नुपर्दा अस्ट्रेलियाको शिक्षामा प्रयोगात्मक बढी थ्यौरिकल कम हुन्छ । यस्तो शिक्षाले नै विद्यार्थीलाई आत्मनिर्भर बनाउने हो । विद्यार्थीको हातमा सिप छ भने, उसले जुनसुकै ठाउँमा गरेर खान सक्छ । यसकारण अस्ट्रेलियामा विद्यार्थीहरूलाई अध्ययनसँगै व्यावहारिक ज्ञानमा फोकस गरिन्छ ।

विद्यार्थीको शैक्षिक आर्थिक योग्यता

हो, सबै विद्यार्थीहरूको समान आर्थिक अवस्था हुँदैन । राम्रो शैक्षिक योग्यता भएका विद्यार्थीलाई पनि भिसा नलागेका धेरै उदाहरणहरू छन् । मुख्य कुरा भनेको विद्यार्थीको शैक्षिक योग्यता, आर्थिक स्रोत व्यवस्थापन र डकुमेन्टेशन नै हो । सबै कुराले पूर्ण भए पनि विद्यार्थीको डकुमेन्टेशन राम्रो भएन भने भिसा लाग्दैन । यसकारण कुनै पनि विद्यार्थीले अस्ट्रेलिया अध्ययन गर्न जानु अघि राम्रो परामर्श दाताबाट परामर्श लिएर आफ्नो Statement of Purpose (SOP) लेख्न जरुरी छ । यसका लागि नेपाल सरकारबाट मान्यता प्राप्त परामर्श दाता (कन्सल्टेन्सी) मा गएर विज्ञसँग सल्लाह लिनु पर्दछ ।

भोकेसनल कोर्स अध्ययन की विश्वविद्यालयको

प्लस टु उत्तीर्ण गरेपछि नेपालबाट विद्यार्थीहरू भोकेसनल कोर्स तथा विश्वविद्यालय दुवैका लागि अस्ट्रेलिया जाने हो । नेपालमा भोकेसनल कोर्सलाई त्यत्ति महत्त्व दिइएको छैन । अस्ट्रेलियामा चाहिँ यही नै उत्तम शिक्षण सिकाईमा गनिन्छ । भोकेशनल कोर्ष अध्ययन गरेका विद्यार्थी स्वरोजगार, आत्मनिर्भर हुन सक्छन् ।

कलेजले दिने छात्रवृत्तिको व्यवस्था

IELTS मा ७ प्रतिशतभन्दा माथि छ र उच्च शिक्षामा ८५ प्रतिशत अङ्क ल्याएर उत्तीर्ण भएका विद्यार्थीहरुका लागि छात्रवृत्तिको राम्रो व्यवस्था छ । अन्य विद्यार्थीलाई पनि छात्रवृत्ति चाहिँ हुन्छ । यसकारण विद्यार्थीहरूले छात्रवृत्ति कति पाउँछन् ? भन्ने कुरा विद्यार्थीको शैक्षिक योग्यताले निर्धारण गर्छ ।

पढाई राम्रो हुँदाहुँदै भिसा नलाग्नुको कारण

यो सबै प्रक्रियामा परामर्शदाता जिम्मेवार रहन्छ । उसले विद्यार्थीको प्रोफाइलदेखि सम्पूर्ण कुरामा हेरबिचार गरेर भिसा प्रोसेसिङ गरेको हुन्छ । यदाकदा, नक्कली प्रमाणत्र पेस गरिएको विषय पनि सुनिन आएको हुनाले यस्ता खालका अवैधानिक गतिविधि अपनाउँदा भिसा प्रक्रियामा समस्या आएको देखिन्छ । विद्यार्थीको योग्यताका साथै यस्ता खालका विषयमा परामर्शदाताको सही भूमिका निभाउनुपर्छ । राम्ररी डकुमेन्टेशन गरेका केसहरुमा भिसा नलाग्ने चान्स हुँदैन ।

परामर्शमा आउँने विद्यार्थीको मनस्थिति

हामीले एक दशकदेखि करियर काउन्सेलिङ गरिरहँदा जतिपनि विद्यार्थीहरू आएका छन् । अधिकांश लहलहै, देखासिकी, सुनेको, अरूले भनेको भरमा मात्र अस्ट्रेलिया जाने भनेर आएका पाएका छौँ । अहिले त एक हिसाबले उच्च तह (१२ कक्षा) अध्ययन पश्चात् अस्ट्रेलिया जाने फेसन जस्तै भएको छ । विद्यार्थीहरू जसरी हुन्छ अस्ट्रेलिया जान आतुर हुन्छन् ।

तर, विद्यार्थीहरूले आफ्नो क्षमताबारे बुझ्न जरुरी छ । आफ्नो शैक्षिक योग्यताले अस्ट्रेलिया अध्ययन गर्न सकिन्छ सकिन्न ? आर्थिक अवस्था कत्तिको राम्रो छ ? भोलि गईसकेपछि त्यहाँ आईपर्ने आर्थिक, सामाजिक, शैक्षिक समस्या कसरी हल गर्न सकिन्छ ? सबै विचार गर्न आवश्यक छ ।

अध्ययन लागि अस्ट्रेलिया पुगिसकेपछि तुरुन्तै रोजगारी पाइहालिन्छ भन्ने हुँदैन । कम्तीमा १ वर्षको समय विद्यार्थीलाई गाह्रो हुन्छ । यसकारण विद्यार्थीका अभिभावकले अस्ट्रेलिया जानुपूर्व नै लाखौँ रकम जम्मा पार्नुपर्ने हुन्छ भने विद्यार्थी, त्यहाँ पुगेपछि पनि थप रकमको आवश्यक्ता पर्छ । चर्काे ब्याजमा रकम खोजेर छोराछोरीलाई अस्ट्रेलिया पठाउने सोच अभिभावकको छ भने, त्यो गलत हुन्छ ।

विद्यार्थीहरुमा डिप्रेसन हुने, आत्महत्या गर्नुको कारण

नेपाली विद्यार्थीहरू यहाँ अध्ययन गर्दा घर परिवारसँग रहेर नै अध्ययन गरेका हुन्छन् । कुनै काम गरेका हुँदैनन् । अस्ट्रेलिया गईसकेपछि सुरुमा उसलाई ‘होमसिक’ नै हुन्छ । नयाँ वातावरणमा एक्लै बस्नुपर्ने, बिहानदेखि बेलुकासम्म कलेज र कामको व्यस्त जिवनशैलीका कारण विद्यार्थीमा एकै पटक मानसिक तथा शारीरिक दबाब बढ्छ । कतिपय अभिभावकमा छोराछोरीलाई अस्ट्रेलिया पठाउन पाए लाखौँ कमाउन सक्छ भन्ने सोच हुन्छ । उहाँहरूले लाखौँ रुपैयाँ चर्को ब्याजमा ऋण काढेरै भए पनि बाहिर पठाउनुहुन्छ । त्यहाँ त जाने बित्तिकै ‘सुन नै फल्छ’ जस्तो ठान्नु हुन्छ । तर, वास्तविकता त्यस्तो हुँदैन । अनि विद्यार्थीलाई पढाइको, घरको दोहोरो मानसिक दबाब पर्न जान्छ र, यस्तो अवस्थामा विद्यार्थीलाई सही गाईडेन्स नभईदिँदा उनीहरू डिप्रेसनमा जाने र अन्तिम अवस्थामा आत्महत्या सम्ममा पुग्ने हुन् । तर, पछिल्ला समय यस्ता केसहरु बिरलै आएका छन् ।

यस्ता घटनाबाट बच्नका लागि कम्तीमा एक वर्षको शुल्क जानुपूर्व नै व्यवस्थापन गर्नुपर्छ । कम्तीमा १ वर्ष विद्यार्थी अस्ट्रेलियामा पढ्न सक्यो भने, त्यसपछि उसले रोजगारीको व्यवस्थापन गर्न सक्छ । र, बिस्तारै आत्मनिर्भर हुन सक्छ ।

अस्ट्रेलिया जानुपूर्व सिक्नुपर्ने सिप

अस्ट्रेलिया जानु अघि विद्यार्थीले नेपालमै कुनै पनि प्रकारको सिप सिकेर गएको खण्डमा रोजगारीका लागि समस्या पर्दैन । विशेष गरेर ट्रेनिङ लिएर जाँदा काम पाउन सहज हुन्छ । कफी बनाउने, पिजा बनाउँने, किचन सम्बन्धीका कामहरू, सपिङ सेन्टरका काम सिकेर जाँदा राम्रो हुन्छ ।

अस्ट्रेलिया अध्ययन गर्न जान लाग्ने शुल्क

नेपालमा सरकारी कलेज र विश्वविद्यालयमा अध्ययन गर्न सहज हुन्छ । तर, अस्ट्रेलियामा ठिक उल्टो छ । सरकारी विद्यालयमा अध्ययनका लागि विद्यार्थीको आर्थिक पहुँच राम्रो हुन आवश्यक छ । भने, निजी विद्यालयमा अध्ययन शुल्कसँगै अतिरिक्त खर्चपनि कम हुन्छ । सामान्यतय IELTS मा ६.५ ल्याएका प्लस टु मा ६० प्रतिशत अङ्क ल्याएका विद्यार्थीहरूले अस्ट्रेलिया अध्ययन गर्न जाँदा कलेज शुल्क, भिसा प्रक्रिया, टिकट लगायतका कार्यमा कलेज हेरेर १४ देखि १६ लाख सम्म लाग्छ ।

कन्सल्टेन्सी छनोटमा ध्यान दिनुपर्ने कुरा

कन्सल्टेन्सी भनेको अभिभावक र विद्यार्थीले विश्वास लिने निकाय हो । राम्रो कन्सल्टेन्सी छनौट गर्दा कन्सल्टेन्सी शिक्षा मन्त्रालयमा दर्ता छ वा छैन ! विगतमा त्यहाँबाट गएका विद्यार्थीहरूले के–कस्तो प्रगति गरे ! कन्सल्टेन्सीले बाह्य विश्वविद्यालयसँग गरेको सम्झौता कानुन अनुरूप छ कि छैन ! भन्ने कुरा विचार पुर्‍याउनु पर्छ । विद्यार्थीहरू मात्रै यो विषयमा सजग भएर हुँदैन अभिभावक स्वंय पनि सजग हुन जरुरी छ ।

क्याम्ब्रिजसँग भएका कलेज

हामीले विगत एक दशकदेखि विद्यार्थीलाई करियर काउन्सेलिङ गर्दै आइरहेका छौँ । शिक्षा क्षेत्रमा केही परिवर्तन गरौँ भन्ने उद्देश्यले काम गरिरहेका छौँ । अस्ट्रेलियाका हकमा हामीले त्यहाँका उत्कृष्ठ कलेज र विश्वविद्यालयका लागि काम गर्दै आइरहेका छौँ । भने, भारतका दर्जनौं कलेजहरुका लागि काम गर्दै आइरहेका छौँ ।

Abroad Study का लागि क्याम्ब्रिज नै किन 

क्याम्ब्रिजको विश्वसनीय पाटो भनेको हामी पारिवारिक प्रशासनबाट चलेका छौँ । क्याम्ब्रिजको देशभर १२ वटा शाखाहरु छन् । ती सबै हामी परिवार भित्रबाट सञ्चालन गरेकोले भोलि गएर विद्यार्थीलाई कुनै पनि समस्या आईपर्दा सहयोग गर्न सक्ने क्षमता राख्दछौं । हामीले अस्ट्रेलियाकै लागि भनेर ‘स्टुडेन्ट सपोर्ट’ कार्यालय समेत स्थापना गरिसकेका छौँ । नेपालबाट अस्ट्रेलिया गईसकेपछि विद्यार्थीलाई दिनुपर्ने कुनै पनि सहयोग र गाईड हामी गर्न सक्छौँ । हामी विद्यार्थीलाई बाहिर पठाउँदैनौं उनीहरूको करियर निर्माणमा एउटा सहयात्री भएर अघि बढिरहेका छौँ ।

हामीले एक दशकदेखि विद्यार्थीको करियर निर्माणमा इमान्दारपूर्वक काम गरेकोले पनि विद्यार्थी अभिभावकले हामीलाई विश्वास गर्ने वातावरण छ । क्याम्ब्रिज परामर्श दिने संस्था मात्र हैन, यो मिशन पनि हो । यसले देश विकासमा चाहिने दक्ष जनशक्ति निर्माण र उत्पादनमा युवा जनशक्तिलाई सही परामर्श दिने मिसन लिएको छ ।

अन्तमा,

जो विद्यार्थी आफ्नो करियर राम्रो बनाउन उच्च शिक्षाका लागि बाहिर जान चाहनुहुन्छ उहाँहरूले कन्सल्टेन्सी छनौट र डकुमेन्टेशनमा राम्ररी ध्यान दिनुभयो भने समस्या आउँदैन । अहिलेको समय भनेको सूचना र प्रविधिको समय हो, तपाईँहरूको हातहातमा सूचना छ । ती सुचनाहरुलाई अध्ययन गरेर Abroad Study का हरेक कुरा जानकारी लिन सकिन्छ । एउटा कन्सल्टेन्सी, परामर्शदाताले भनेको कुरालाई मात्र विश्वास नगरौं ।

Abroad Study मा जाने सोच बनाइरहँदा कसैले समुन्द्रको किनारमा फोटो खिचेको दृश्य देखेर मात्रै विदेश जाने सोच नबनाउँ । हतारको निर्णय र सोचले आफ्नो पैसा सँगै करियर नै डामाडोल हुन्छ । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु भन्दा पहिल्लै सबैकुरा जानेर बुझेर मात्र अघि बढौं ।
कुराकानीमा आधारित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *