ऐतिहासिक गोरखा दरबार भत्काइयो

गोरखा, फागुन २ । वि.सं १९८६ मा गोरखाका राजा राम शाहद्वारा निर्मित ऐतिहासिक महत्व बोकेको गोरखा दरबार पुनःनिर्माणका लागि भत्काइएको छ । २०७२ वैशाख १२ गते गएको भुकम्पले क्षतिग्रस्त बनाएको भूकम्प गएको करिब तीन वर्ष पछि भत्काइएको हो ।

दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद रिमालका अनुसार गोरखामा अवस्थित करिब चार सय वर्ष पुरानो गोरखा दरबार भत्काएर पुरानै स्वरुपमा जस्ताको त्यस्तै पुनःनिर्माण गर्न लागिएको हो । उक्त दरबार पुरातत्व विभागका कर्मचारीको उपस्थितिमा भत्काइएको हो ।
“पुराना सामग्री हटाउने कार्य भइरहेको छ ।

काम लाग्ने सामग्री पुनः प्रयोग गर्ने र काम नलाग्ने सामग्री हटाउँछौँ” भुसालले भने “जग राख्न काम भइरहेको छ ।’ दरबार पुनःनिर्माणको ठेक्का भने पचली सिभा जेभीले पाएको छ । दरबार पुनःनिर्माणमा रु चार करोड ३७ लाख लगानी हुनेछ । आगामी तीन वर्षभित्रमा दरबार पुनःनिर्माण कार्य सकिने बताइएको छ । दरबारमा रहेका राजा पृथ्वीनारायण शाहका गद्दीलगायत महत्वपूर्ण सामग्री भने सुरक्षित ठाउँमा भण्डारण गरिएका छन् । दरबार भत्काउने क्रममा विसं १८६३ का बेलाका इँट्टा पनि फेला परेका छन् ।

भूकम्पकले क्षति पुगेको गोरखनाथ मन्दिरलगायत संरचना भने पुनःनिर्माण गरिसकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *