सरकारले एक साताभित्र प्रदेश प्रमूख नियुक्त गर्ने

काठमाडौं, पुस ८ । सरकारले एक साताभित्र प्रदेश प्रमूख नियुक्त गर्ने भएको छ । निर्वाचन आयोगले प्रदेशसभा तर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्वजनिक गरिसकेकाले सरकारलाई प्रदेश प्रमूख तोक्न दवाव परेको हो ।

आयोगले हिजो प्रदेश सभामा समानुपातिकतर्फ दलहरूले पाएको मतपरिणाम सार्वजनिक गरेको छ । अब आयोगले सिटका आधारमा विजयी उम्मेदवारको घोषणा गर्नेछ । र त्यसको प्रतिवेदन सात दिनभित्र प्रदेश प्रमुखलाई बुझाउनु पर्ने व्यवस्था छ । तर अझै पनि प्रदेश प्रमुख नतोकिएकाले सरकारलाई दवाव बढेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो बिहीबारसम्म प्रदेशको राजधानी र प्रमूख नियुक्त गर्ने तयारी गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सकेसम्म दलिय सहमतिमै प्रदेश प्रमूख तोक्ने तयारीमा प्रधानमन्त्री रहनुभएको छ । प्रदेशको अस्थायी राजधानीका बारेमा पनि सरकारले तयारी पूरा गरेको तर घोषणा हुन बाँकी रहेको बताईएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *