बैतडीमा कांग्रेसको प्यानल नै विजयी

असार १५, बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाको वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । नगर प्रमुखमा पनि कांग्रेसले अग्रता कायम राखेको छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार १ नम्बर वडाको मतगणना सकिँदा मेयरमा कांग्रेस उम्मेदवारले ४५९ मत पाएका छन् भने उपमेयर उम्मेदवारले ३८१ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले मेयरमा २८३ मत ल्याएको छ भने उपमेयरमा ३६४ मत ल्याएको छ । तेस्रो स्थानमा रहेको एमालेले मेयरमा १०९ र उपमेयरमा ६८ मत पाएको छ ।

त्यसैगरि प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा माओवादी केन्द्रले सुरुआती जित हासिल गरेको छ । अजयमेरु गाउँपालिका वडा नम्बर–६ मा माओवादी केन्द्रका दानबहादुर खड्काले जित हासिल गरेका हुन् । खड्काले ५४८ र उनका निकटतम् प्रतिद्वन्दी एमालेका हिक्मत भण्डारीले ३७५ मत प्राप्त गरेका थिए । अजयमेरु गाउँपालिका वडा नम्बर–६ मा माओवादीका अध्यक्ष सहित तीन सदस्यले तथा एमालेबाट एक सदस्यले जित हासिल गरेको निर्वाचन अधिकृत चिरञ्जीवी गिरी बताए । त्ययसैगरी ११ ओटा वडा रहेको अमरगढी नगरपालिकाको ११ नम्बर वडामा एमालेका सूर्यप्रकाश खड्का ३६३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका धर्म्सिंह धानुकले २६० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *