जन्मदिनको अवसरमा आमा केन्द्रलाई सहयोग

मकालु खबर, काठमाडौं । हाम्रो समाजमा शुभ जन्मोत्सवमा मदिरा पार्टी गरेर लाखौं खर्च गर्ने चलन बढ्दो छ । सामाजिक विक्रितिका रुपमा मौलाउँदै गएको यस्तो परम्परामा एक युवाले उदाहरणीय कार्य गरेका छन् । राजधानी बानेश्वर निवासी शैक्षिक परामर्श व्यवसायी शिशिर सिंखडाले आफ्नो ३४ औं जन्मदिनको खुसीयालीमा अनाथ असहाय बालबालिकासँग साटे ।

मंगलबार सिंखडाले आफ्नो जन्मदीनको अवसर पारेर गंगवु स्थित आमा केन्द्रका ४५ बालबालिकाहरुलाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेका थिए । आजकल मानवता हराउँदै गएको तथा जन्मदिनका अवसरमा विभिन्न मदिरा पार्टीको संस्कृति विकास भएकोमा चिन्ता व्यक्त गर्दै सबैमा सकारात्मक सोचको विकास गर्न यस्तो कदम चालिएको क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक सिंखडाले बताए । ‘ पार्टी गरेर खर्च गर्नुभन्दा त्यो पैसाले अनाथ असहाय बालबालिकालाई केहि सहयोग गर्न सकिन्छ की भनेर यहाँ आएँ ।’ उनले भने ।

उनले आमा केन्द्रमा रहेका बालबालिकाहरुका लागि ५ बोरा चामल, विष्कुट, फलफुल तथा स्टेशनरी वितरण गरेका थिए । सो सहयोग आमा केन्द्रकी सञ्चालक चेम्बा शेर्पाले लिएका थिए । सो अवसरमा बोल्दै सञ्चालिका शेर्पाले जन्मदिनको अवसरमा होटल रेष्टुरेण्टमा गएर विभिन्न नशा लिएर लाखौं खर्च गर्नुभन्दा अनाथ असहाय बालबालिकाहरूलाई गरेको सहयोग सार्थक हुने बताईन् । आमा केन्द्र १९ वर्षदेखि सञ्चालनमा छ । जहाँ ७५ ओटै जिल्लाका अनाथ असहाय बालबालिका संरक्षणमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *