नेपाली फिल्म ‘सायद २’ को ट्रेलर सार्वजनिक


“
काठमाडौं – नेपाली फिल्म ‘सायद २’ ले दोस्रो ट्रेलर सार्वजनिक गरेको छ। आइतबार हाइलाइट्स नेपालको औपचारिक च्यानलमार्फत ‘सायद २’ को दोस्रो ट्रेलर सार्वजनिक गरिएको थियो।
युवाहरुको कथावस्तमाथि तयार भएको ‘सायद २’लाई निर्देशक पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन्। फिल्म आगामी असार २० देखि देशभरका हलहरुमा रिलिज हुँदैछ ।
‘सायद’ फिल्मको सिक्वेल ‘सायद २’ लाई दुर्गिस फिल्मस्को ब्यानरले निर्माण गरेको हो। युवाहरुको कथावस्तमाथि तयार भएको ‘सायद २’लाई निर्देशक पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन्। फिल्म आगामी असार २० देखि देशभरका हलहरुमा रिलिज हुँदैछ।
फिल्ममा सुशिल श्रेष्ठ, निशा कार्की, रुविना श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, , कुशल पाण्डे र सुशिल सिटौला लगायतले अभिनय गरेका छन्। सिनेमेटोग्राफर राजु विक्रम थापाले फिल्म खिचेका हुन् । फिल्मको सम्पादन दिर्घ खड्का, द्धन्द्ध अष्ट महर्जन र कोरियोग्राफी गोविन्द राई र विक्रम स्वाँरले गरेका छन्।
“
