सस्तोमा सामान दिने भन्दै अग्रिम रकम लिएर भारतीय फरार

पुस ३, पोखरा । सस्तो मूल्यमा सामान उपलब्ध गराउने भन्दै अग्रिम रकम उठाएर एक भारतीन नागरिकले पोखरेलीसंग मोटो रकम उठाएर कुलेलम ठोकेका छन् । पोखराको सृजनाचोकमा भारतीय नागरिक राजेन्द्र थेङवेलले सयौँ जनासँग समानको अग्रिम रकम सङ्कलन गरी सम्पर्क विहीन भएका हुन्। सामान लिन बोलाएको दिन राजेन्द्रले एकाएक पसल बन्दगरी मोबाइलको स्वीच अफ गरेपछि आफूहरू ठगिएको उपभोक्ताहरुले आशंका गरेका छन् ।

अक्सिजन ट्रेडर्स नामको संस्थाबाट भारतीय मूलका थेङवेले केही समय अघि उपभोक्तसंग विश्वास जित्न ईलेक्टिक, फर्निचर लगायतका सामानहरू बजार मूल्य भन्दा करिब ४० प्रतिशतले सस्तो दिएका थिए । त्यसपछि उनले उपभोक्ताको उच्च माग भएका कारणले अग्रिम बुकिङ्ग गर्ने भन्दै उपभोक्तालाई दिन तोकर बोलाएका थिए ।

नागढुङ्गा ९ की गीता तिवारीले एक लाख ४० हजार रुपैयाँ थेङवेलाई बुझाए पनि हाल उनी सम्पर्क विहीन भएकोले उक्त रकमको सामान पाउने आशा मरेको बताइन् । त्यसै गरी पृथ्बिचोकका व्यवसायी सहर अन्सारी पनि ठगिन पुगे । उनले र्याक, प्लङ सहितका सामान किन्नको लागि ४८ हजार रुपैयाँ केही दिन अघि बुझाएका थिए ।

व्यवसायी राजेन्द्रले अधिकाशं व्यक्तिहरूलाई सोमबार (पुस ३ गते) देखि लगातार सामान दिन्दै अग्रिम बुकिङ्ग गराएर सयौँ पोखरेलीको करोडौंको रुपैयाँ उठाए भागेका हुन् । उनले अग्रिम रकम बुझाउनेलाई प्यान नम्बर सहित र मोबाइल नम्बर सहित विल दिएका थिए तर, उक्त प्यान विलमा अर्कोको प्रयोग गरेको हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *