भारतको विधान सभा निर्वाचनमा विजेपी र काँग्रेसबीच टक्कर

पुस ३, नयाँ दिल्ली । भारतमा विधान सभा निर्वाचनको मतगणना सुरु भएको छ । हिमाञ्चल प्रदेश र गुजरात राज्यमा मतगणनाको प्रारम्भिक परिणाम अनुसार भारतीय जनता पार्टी(विजेपी) र भारतीय राष्ट्रिय काँग्रेसको टक्कर देखिएको छ । यी दुई प्रदेशमा मतगणना गर्न सोमबार बिहान गणनास्थलमा निकै कडा सुरक्षा व्यवस्था अपनाइएको छ ।

ती दुवै राज्यमा भारतीय जनता पार्टीले धेरै स्थानमा अग्रता लिइरहेको छ भने विजेपीलाई काँग्रेसले पछ्याइरहेको देखिएको प्राप्त पछिल्ला समाचार विवरणहरुमा जनाइएको छ ।

तर गुजरातको यस निर्वाचनलाई काँग्रेसले विजेपीलाई टक्कर दिएको रुपमा हेरिएको छ । गुराजत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश हो ।

यहाँ काँग्रेसले दिएको टक्करलाई निकै महत्वका साथ हेरिएको छ । यसअघिको संसदीय निर्वाचनमा देशभरिबाट बढारिएको काँग्रेसले मोदीको प्रदेशमा दिएको यो टक्करलाई महत्वका साथ हेरिएको छ ।

मत गणनाको पछिल्लो परिणामअनुसार गुजरातको १८२ स्थानमध्ये विजेपीकै अग्रता छ । उसले १०३ स्थानमा अग्रता लिएको छ ।

साथै उसलाई टक्कर दिइरहेको काँग्रेसले पनि ७७ स्थानमा अग्रता कायम गरेको छ । हुनत काँग्रेस पछि नै छ तर गुजरातमा दिएको यो टक्कर काँग्रेसका लागि ठूलो उपलब्धि भएको विश्लेषकहरुको भनाई छ ।

हालैमात्र भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षमा राहुल गान्धी निर्वाचित भएका छन् । उनले पार्टीको नेतृत्व सम्हालेपछिको यो पहिलो निर्वाचन हो ।

त्यसैले कतिपय विश्लेषकहरुले भारतमा काँग्रेसको पुनरागमनको सङ्केत हो पनि भनेका राधजानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।

तर यता हिमाञ्चल प्रदेशमा भने काँग्रेसको साख घट्ने देखिएको छ । त्यहाँ विजेपीको ४४ र काँग्रेसको २० स्थानमा अग्रता देखिएको छ । यहाँ ६८ स्थानका लागि निर्वाचन भएको थियो ।

त्यसैले पनि अहिलेकै परिणामहरुले पछिसम्म स्थान पाउने हो भने यस परिणामलाई अनपेक्षित भनिएको छ । यसअघिको परिणामभन्दा काँग्रेसले धेरै स्थानमा विजय हासिल गर्ने देखिएको बताइएको छ ।

तर निर्वाचन सम्पन्न भएपछिका सर्वेक्षणहरुले भने भारतीय जनता पार्टी नै सबैभन्दा ठूलो दलका रुपमा विजय हासिल गर्ने देखाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *